ताजा अपडेट
शरीर बन्धक मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ
रामेछाप — रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का शरीर बन्धक अभियोगमा शुक्रबार पक्राउ परेका छन् ।
गाउँपाकिलाबाट रकम विनियोजन भएको योजनामा उपभोक्ता समितिका अध्यक्षलाई शरीर बन्धक बनाई जबरजस्ती चेकमा दस्तखत गर्न लगाएको अभियोगमा खड्कालार्ई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिएका छन् ।
शुक्रबार धोविबाट प्रहरीले नियन्त्रणमा लिएका खड्काको प्राथमिक स्वास्थ्य परीक्षण गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लिखु तामाकोशी गाउँपालिकाको गत आर्थिक बर्ष धोविबजार क्षेत्रमा सडक र नाला सुधारका लागि विनीयोजित २५ लाख रकमबाट निर्माण कार्य गरेका उपभोक्ता समितिका अध्यक्ष दर्पण लामाले अध्यक्ष खड्काविरुद्ध शरीर बन्धक जाहेरी गरेका थिए ।प्रहरी नायब उपरिक्षक पाठकका अनुसार खड्काविरुद्ध अन्य जाहेरी पनि प्रहरीमा परेका छन् । गाउँपालिकालाई आवश्यक पर्ने जग्गा भनेर स्थानीय शेरबहादुर खड्कासँग २१ रोपनी जग्गा आफ्नी बहिनीको नाममा पारित गराएकोसमेत जाहेरी परेको प्रहरीले जनाएको छ । अध्यक्ष खड्का नेकपाबाट निर्वाचित हुन् । कान्तिपुर
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया