Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ

कैलालीकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ

धनगढी । कैलालीमा मृत भेटिएकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र शव फेला परेको थियो ।  डेढ महिनादेखि बेपत्ता उनको प्रहरीले खोजी गर्दैगर्दा शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो ।

रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा आइतबार उनको शव फेला परेको हो । शव फेला परेपछि अनुसन्धान थालिएकोमा रावलको हत्या आरोपमा हिजै चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार लम्कीचुहा नगरपालिका ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका(६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई हत्या आरोपमा पक्राउ गरिएको हो ।

उनीहरूले मञ्जुको योजनाबद्ध रूपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबीच अंशको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा घटना घटेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा विवेक रावलले वकिललाई भेट्न मसुरिया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए ।

मञ्जु घरबाट हिँडेको दिनदेखि उनको मोबाइल बन्द भएपछि विवेकले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । त्यसपछि खोजी तथा घटनाको अनुसन्धान गर्दैगर्दा बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २सय मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गामुनी च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको अवस्थामा रावलको शव भेटिएको थियो ।

सो क्षेत्रमा मानव कंकालका साथै हड्डीमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता सुरुवाल फेला परेको थियो । सोही कपडाबाट मृतक मञ्जुका छोराले आफ्नी आमाको सनाखत गरेका थिए ।  यस बिषयमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया