ताजा अपडेट
नेविसंघले खुवायो सेती अस्पतालका बिरामीलाई खिर
धनगढी । नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले सेती अस्पतालका बिरामीलाई खिर खुवाएको छ। साउन पन्ध्र अर्थात् खिर खाने दिनको अवसरमा नेविसंघले अस्पतालका बिरामी र नर्सिङ स्टाफलाई खिर खुवाएको हो।
अस्पतालका दुई सय बिरामीलाई खिर खुवाइएको नेविसंघ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराले बताए। बिरामीहरू घरदेखि टाढा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई घरमै रहेको जस्तो अनुभव होस् भनेर खिर खुवाउने कार्यक्रम राखिएको सभापति बोहराले बताए।
बिरामी र अशक्तको सम्मान गर्नुपर्छ भन्ने भावना विकास होस् भनेर पनि नेविसंघका युवाहरूको सहभागितामा खिर खुवाउने कार्यक्रम राखिएको बोहराले बताए। उनले नेविसंघले विद्यार्थीको हकहितको पैरवी गर्दै र सामाजिक मूल्य मान्यताको पनि जगेर्ना गर्नुपर्ने भनेर कार्यक्रम राखेको बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया