Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

किसान, जनप्रतिनिधि र सरोकारवाला उत्पादनमा किसान र कृषिका सवाल विषयक अन्तरक्रिया साँफेबगरमा

किसान, जनप्रतिनिधि र सरोकारवाला उत्पादनमा किसान र कृषिका सवाल विषयक अन्तरक्रिया साँफेबगरमा

 “कोदोको बहार, दिगो, पौष्टिक र स्वादिष्ट आहार“ भन्ने मुल नाराका साथ राष्ट्रिय कृषक समुह महासंघ नेपाल नगर कार्य समिति साँफेबगरले किसान, जनप्रतिनिधि र सरोकारवाला उत्पादनमा किसान र कृषिका सवाल विषयक अन्तरक्रिया कार्यक्रम गर्नुका साथै खिर खाने दिवस तथा तेस्रो कोदो दिवस मनाएको छ। महासंघका नगर कार्य समिति अध्यक्ष भरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगरका किसानका समस्या, कृषिका सवाल सम्बन्धि र उत्पादनको बजारीकरण बारे अन्तरक्रिया गरिएको हो। कार्यक्रमको उद्धेश्य बारे राष्ट्रिय कृषक समुह महासंघ नेपालका प्रदेश सह सचिव हिरिण्ड कुँवरले प्रष्ट पार्नु भएको थियो। उँहाले  किसानहरुका समस्या कसरी समाधान भन्ने उद्देश्यले कार्यक्रमको थालनी गरीएको बताउनु भएको छ । साथै आगामि आर्थिक वर्षबाट कार्यक्रमलाई निरन्र्तर रुपमा अघाडी बढ्उने बताउनु भयो । 
साँफेबगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख नवराज बुढा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण नाथ योगि र कृषक समूह महासंघका केन्द्रीय सदस्य सीता कुँवर विशिस्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा सहभागि कृषकहरुले बास्तबिक किसानहरुको पहिचान हुनु पर्ने बताएका थिए । कृषकको नाममा धेरै बजेट आए पनि बास्तबिक किसान नसमेटीने गरेको सहभागीहरुको गुनासो गरेका थिए । किसानहरुका समस्या समाधानका लागि वडा देखि नगर सरकारले बिशेष पहल गरीदिन पनि आग्रह गरेका थिए । अर्तरक्रिया कार्यक्रममा अतिथिहरुमा नेपाली कांग्रेस साँफेबगर नगर कार्य समिति सभापति लाल बहादुर कुँवर, नेकपा एमाले नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्ला, राष्ट्रिय प्रजातन्त्र पार्टी साँफेबगर प्रतिनिधि नरेन्द्र कुँवर, वडा नं ७ का वडा अध्यक्ष हिक्मत कडायत , वडा नं ३ का नि वर्तवान वडा अध्यक्ष कृष्ण बुढा, वडा नं २ का वडा अध्यक्ष सेत बहादुर कुँवर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सह सचिव सरिता खड्का लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नन्द सिंह ठकुल्ला, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, वडा नम्बर  ९ का वडा अध्यक्ष दिपक कुँवर, वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर बोहरा, वडा नम्बर १० का कार्यवाहक वडा अध्यक्ष भुपेन्द्र बहादुर महता, कार्यपालिका सदस्य अनिल रैगाई, विनोद भुल अतिथि रहनु भएको थियो। नगरपालिकाका विभिन्न शाखाका प्रमुख, युनाईटेड अजोड निर्जिवन बीमा कम्पनीका भोजराज भण्डारी, शिखर ईन्स्योरेन्स कम्पनीका हस्त बहादुर कार्की, कृषक, सरोकारवाला, पत्रकारहरुको समेत सहभागिता रहेको थियो। महासंघका उपाध्यक्ष तुलसी देवी कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन महासंघका जिल्ला प्रतिनिधि खेमराज बुढाले गर्नु भएको थियो।

प्रतिक्रिया