Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक अभिमुखिकरण मंगलसेन १ मा सम्पन्न

सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक अभिमुखिकरण मंगलसेन १ मा सम्पन्न

सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक १ दिने अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिका १ को सुवाखाँदमा  सम्पन्न भएको छ ।  मालिका सामुदायिक सिकाई केन्द्र कुन्तिवण्डालीको आयोजनामा कार्यक्रम भएको हो ।

वडामामा संचालित सामुदायिक सिकाई केन्द्रको उपयोगिताबारे जानकारी गराउँने, सिकाई केन्द्रको महत्व र यसबाट गर्न सकिने काम कार्यबाट समुदायलाई हुने फाईदा र परिमार्जित निर्देशिकाबारे प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा वडानम्वर १ का अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नाथले सिकाई केन्द्रलाई चलायमान र प्रभावकारी वनाउँन वडाको तर्फबाट सक्दो पहल गर्ने बताउँनुभयो । केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाईमा जोड दिईनुपर्ने भन्दै उहाँले सिकाई केन्द्रले सक्रियता बढाएमा श्रोतको लागि कमि नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य हंश कुमारी थापा राना, वडा सदस्य गंगा थापा, चन्द्रकला जैगडी, नेपाली काँग्रेसका चन्द्र बहादुर जैगडी, नेकपा माओवादी केन्द्रका कमल बहादुर थापा, नेकपा एकिकृत समाजबादीका राम राज नाथ, नेपाल कम्युनिष्ट पार्टीका दिपेन्द्र जैगडी लगायतका अतिथि रहनुभएको थियो । अभिमुखिकरणमा समाजसेवी सरोकारवाला, विद्यालय, सहकारी, सामुदायीक वनका प्रतिनिधि, सिकाई केन्द्रका पदाधिकारी तथा आजिवन सदस्यहरु, महिला स्वास्थ्य स्वंसेविका लगायतको सहभागिता रहेको थियो ।

मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले सहजिकरण गर्नुभएको कार्यक्रममा सहभागीको तर्फबाट चन्द्र बहादुर जयगडी र दुर्गा नाथले शुभकामना तथा सुझाव मन्तव्य राख्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा सिकाई केन्द्रका सह सचिव लक्षीराम जैगडीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन गणेश बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ