Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव : खाद्यान्नसहित अन्य सहयोग रोकिँदा करोडौँ व्यक्ति भोकमरीको जोखिममा

विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव : खाद्यान्नसहित अन्य सहयोग रोकिँदा करोडौँ व्यक्ति भोकमरीको जोखिममा

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ ।

पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ । विगतको तुलनामा डब्ल्यूएफपीले दुई वर्षयता आधा मात्र सहायता रकम पाउँदै आएको छ । यसले भोकमरीको समस्या भएका थुप्रै देशका करोडौँ मानिस प्रभावित भएका छन् ।

डब्ल्यूएफपीका कार्यकारी उपनिर्देशक कार्ल स्काउले ८६ देशमध्ये ३८ वटामा विभिन्न सहायता कटौती भएको जानकारी दिनुभएको छ । केही देशमा सहयोग घटाउने क्रममा रहेको पनि उहाँको भनाइ छ । सहयोग कटौती हुने देशहरूमा अफगानिस्तान, सिरिया, यमन र पश्चिम अफ्रिकी देश छन् ।

डब्ल्यूएफपीको कार्यक्रम सञ्चालनका लागि अहिले २० अर्ब डलरको आवश्यकता रहेको तर, पछिल्ला वर्षमा प्राप्त सहायताअनुसार यसवर्ष १० देखि १४ अर्ब डलरसम्म सहायता अपेक्षा गरेको डब्ल्यूएफपीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण विश्वभर मानवीय सहायताको आवश्यकता बढेको छ । यो वर्ष ३४ करोड ५० लाख व्यक्ति खाद्य असुरक्षाको वर्गमा परेका छन् । करोडौँ मानिस भोकमरीको जोखिममा छन् ।

अर्थव्यवस्थामा मन्दी, जलवायु तथा वातावरणीय परिवर्तन, निरन्तर प्राकृतिक विपत्तिलगायतले पनि खाद्य सङ्कटको समस्यालाई थप बढाएको छ ।

प्रतिक्रिया