Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव : खाद्यान्नसहित अन्य सहयोग रोकिँदा करोडौँ व्यक्ति भोकमरीको जोखिममा

विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव : खाद्यान्नसहित अन्य सहयोग रोकिँदा करोडौँ व्यक्ति भोकमरीको जोखिममा

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ ।

पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ । विगतको तुलनामा डब्ल्यूएफपीले दुई वर्षयता आधा मात्र सहायता रकम पाउँदै आएको छ । यसले भोकमरीको समस्या भएका थुप्रै देशका करोडौँ मानिस प्रभावित भएका छन् ।

डब्ल्यूएफपीका कार्यकारी उपनिर्देशक कार्ल स्काउले ८६ देशमध्ये ३८ वटामा विभिन्न सहायता कटौती भएको जानकारी दिनुभएको छ । केही देशमा सहयोग घटाउने क्रममा रहेको पनि उहाँको भनाइ छ । सहयोग कटौती हुने देशहरूमा अफगानिस्तान, सिरिया, यमन र पश्चिम अफ्रिकी देश छन् ।

डब्ल्यूएफपीको कार्यक्रम सञ्चालनका लागि अहिले २० अर्ब डलरको आवश्यकता रहेको तर, पछिल्ला वर्षमा प्राप्त सहायताअनुसार यसवर्ष १० देखि १४ अर्ब डलरसम्म सहायता अपेक्षा गरेको डब्ल्यूएफपीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण विश्वभर मानवीय सहायताको आवश्यकता बढेको छ । यो वर्ष ३४ करोड ५० लाख व्यक्ति खाद्य असुरक्षाको वर्गमा परेका छन् । करोडौँ मानिस भोकमरीको जोखिममा छन् ।

अर्थव्यवस्थामा मन्दी, जलवायु तथा वातावरणीय परिवर्तन, निरन्तर प्राकृतिक विपत्तिलगायतले पनि खाद्य सङ्कटको समस्यालाई थप बढाएको छ ।

प्रतिक्रिया