ताजा अपडेट
सुदूरपश्चिम सरकारमा जान नाउपा तयार, मन्त्री र उपसभामुख पाउने
धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।
बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने बताए । उनले बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने जानकारी दिए ।
यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए ।
यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया