Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा कांग्रेसले भोलि मन्त्रीको नाम टुङ्गो लगाउने, भट्टको सम्भावना बढी

सुदूरपश्चिममा कांग्रेसले भोलि मन्त्रीको नाम टुङ्गो लगाउने, भट्टको सम्भावना बढी

कैलाली । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहीबार प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री नियुक्त गर्ने श्रोतले जनाएको छ ।

आज काठमाण्डढौंमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।

यो सँगै भोलि कांग्रेसकाले मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले जानकारी दिए । भोलि संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने तयारी भइरहेको छ ।

बझाङ सडक दुर्घटनामा परि पृथ्वी बहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली भएकोथियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए । नागरिक उन्मुक्तिले २ मन्त्रालयको दाबी गरेका कारण कांग्रेसले पाउने सम्भावना रहेका मन्त्रालयमा पनि मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेका थिएनन् ।

आज बालुवाटारमा सहमति भएपछि कांग्रेसले भोली मन्त्री टुङ्गो लगाउने भएको छ । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपछि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी सहभागी थिए ।

उक्त छलफलमा नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्य मन्त्री र २ समितिको सभापति पाउने समेत सहमति भएको हो ।

प्रतिक्रिया