Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई आत्मालोचना गर्न निर्देशन दिएका छन् ।

बार्षिक कार्ययोजना बनाउन एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठक सोमबार बसेको थियो । बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न उठाए ।

बस्नेतले केही दिनअघि एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यसविरुद्ध गृहमन्त्रीको निजी सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि बस्नेतले गृहमन्त्रीलाई भेटेर आफ्नो सूचनाको स्रोत गलत भएको भन्दै माफी मागेका थिए ।

एक केन्द्रिय सदस्यका अनुसार बस्नेतले गृहमन्त्रीसँग माफी मागेको भन्दै असन्तुष्टि जनाएका हुन् । यत्रो सुन तस्करी सरकारको संरक्षण विना सम्भव नभएको भन्दै उनले किन हतार हतार माफी मागेको भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्रीसँग माफी मागेको भन्दै बस्नेतले लेखेको स्टाटस गैर जिम्मेवार भएको भन्दै उनले कमजोरी भयो भनेर आत्मालोचना गर्न निर्देशन दिएका थिए । लगत्तै प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ३ दिनभित्र आत्मालोचनासहित स्पष्टीकरण दिन भनेको वैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया