Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आँखा पाक्ने समस्‍या बढेपछि विद्यालय बिदा

आँखा पाक्ने समस्‍या बढेपछि विद्यालय बिदा

धनगढी । कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ। 

विद्यार्थीमा सङ्क्रमण बढ्न थालेकाले विद्यालयमा केही दिन बिदा दिन थालिएको हो। यसै क्रममा लम्कीचुहा नगरपालिकामा रहेका प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुमा तीन दिन बिदा गरिएको छ। प्याब्सन र एनप्याब्सनको आज बसेको संयुक्त बैठकले साउन १७ देखि १९ गतेसम्म विद्यालयमा बिदा गर्ने निर्णय गरेको हो। 

आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज बनेको जनाइएको छ। अरु विद्यार्थी, शिक्षक तथा कर्मचारीमा सङ्क्रमण फैलिन नदिन विद्यालयमा बिदा दिने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले जानकारी दिए। 

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि धनगढीका केही विद्यालयले पनि बिदा दिएका छन्। कैलाली, कञ्चनपुरमा अहिले यो रोगको प्रकोप व्यापक छ। भाइरल कन्जंक्टिभाइटिसका कारण स्वास्थ्य संस्थामा आँखा उपचार गराउनेको सङ्ख्या बढ्दो छ। यसैगरी, स्वास्थ्य संस्थामा आँखामा हाल्ने औषधिकोसमेत अभाव देखिन थालेको छ। औषधिको माग धान्न धौ धौ भएको धनगढीस्थित आँखा उपचार केन्द्रका प्रविण चौधरीले बताए। उनले दैनिक संयौं सङ्ख्यामा मान्छे औषधि र चश्मा लिन आउने गरेको जानकारी दिए।

भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण भएमा आँखाबाट आँशु बग्ने, बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिने, आँखा खोल्न गाह्रो हुने, घाममा हेर्न वा बस्न गाह्रो हुने, आँखा पोल्ने, आँखा बिझाउने, आँखाको ढकनी सुन्निने, चिलाउने र जलन हुने जस्ता लक्षण देखा पर्दछ। 

यो रोगको सङ्क्रमणबाट जोगिनका लागि सफा पानीले आँखा धुने, आँखा छुनुभन्दा अगाडि राम्रोसंग साबुन पानीले हात धुने, आँखा सम्बन्धी केही समस्या परेमा तुरुन्त डाक्टरसंग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्नु पर्ने जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताए ।   

प्रतिक्रिया