ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, को-को बन्दै छन् मन्त्री ?
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ ।
भर्खरै सकिएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए । ‘हामीले पुरानै नाम सदर गरेका छौँ आज सात बजे शपथ छ’ उनले नेपाल प्रेसलाई प्रतिक्रिया दिए ।
यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो ।
कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ ।
कांग्रेसले पनि आजै नाम टुंगो लगाउने र सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । ‘आजै सरकार विस्तार हुन सक्छ । अहिले म छलफलमा छु’, मुख्यमन्त्री शाहले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया