Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक, को–को बन्दैछन् ?

मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक, को–को बन्दैछन् ?

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका उहाँले तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुंग्याउन बैठक बोलाउनुभएको हो ।

 

बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।

 

स्रोतका अनुसार कांग्रेसले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ । उहाँको नाममा पार्टीभित्र करिब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताउनुभयो । शाहले बुधबार(आज) नै प्रदेश सरकारलाई पूर्णता दिने तयारी समेत गर्नुभएको छ ।

 

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई पठाउने निर्णय गरिसकेको छ । आज बसेको संसदीय दलको बैठकले समेत पुरानै निर्णयलाई अनुमोदन गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो ।

 

चौधरीले आज साँझ ७ बजे मन्त्रीहरूको शपथ हुने बताएपनि मुख्यमन्त्रीको सचिवालयले भने कांग्रेस संसदीय दलको बैठकपछि सरकार विस्तारबारे थाहा हुने जनाएको छ । मुख्यमन्त्रीले खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरे सुदूरपश्चिम सरकारले पूर्णता पाउनेछ ।

 

एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि गत २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

 

शाहले २७ माघमा कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्री नियुक्त गर्नुभएको थियो ।

 

त्यसपछि ६ जेठमा माओवादीका झपटबहादुर साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र माओवादीकी गीतादेवी माललाई उद्योग राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।

 

त्यतिबेला भागबण्डा नमिलेपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको थिएन । मंगलबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख, एक मन्त्री र एक राज्यमन्त्री दिने सहमति गरेको थियो । उक्त सहमतिपछि नाउपा सुदूरपश्चिम सरकारमा सहभागी हुन लागेको हो ।

प्रतिक्रिया