ताजा अपडेट
सुदूरपश्चिममा तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरिदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा कमलबहादुर शाह नियूक्त भएपछि आज तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् ।
मुख्यमन्त्री भएदेखि रिक्त रहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियूक्त गर्दै उनले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा सत्ता साझेदारी दल नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागि भएको थिएन । अहिले सहमतिमा आएपछि सो दलका प्रदेश सभा सदस्यहरु मन्त्री बन्न लागेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइने छ भने रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइने छ ।
मुख्यमन्त्री सचिवालयका अनुसार नवनियूक्त हुने मन्त्रीहरुले बुधबार साँझ पद तथा गोपनियताको सपथ लिने छन् । रिक्त मन्त्रालयमा मन्त्री नियूक्त भएसंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउने छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया