Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेकपामा सहमति खोज्न कार्यदल

नेकपामा सहमति खोज्न कार्यदल

तीन महिनासम्म आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्याकेजमै सहमति खोज्न कार्यदल गठन गरिएको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि सहमतिको प्याकेज तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो। वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने बताउँदै आएको थियो।  

कार्यदलले दिने सुझावका आधारमा प्याकेजमै विवाद समाधान गर्ने अध्यक्षद्वयको चाहनाबमोजिम कार्यदल बनाइको हो। कार्यदलमा नेकपाका दोस्रो तहका नेताहरूलाई राखिएको छ। कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे छन्।

पार्टीको महाधिवेशन, संगठनात्मक संरचना हेरफेर, संघीय मन्त्रिपरिषद् हेरफेर, प्रदेशमा मुख्यमन्त्रीहरूको हेरफेर, पार्टी र सरकार सञ्चालन, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा उत्पन्न विवाद प्याकेजमै टुंगो लगाउने सहमति अध्यक्षद्वयबीच भएको छ।  

विवाद समाधानका लागि कार्यदल गठन हुनुलाई नेपाल पक्षले संवादहीनताको अन्त्य भएको महसुस गरेको छ। ‘के भएको छ, जानकारी छैन। दुई अध्यक्षले विस्तृत रूपमा छलफल गरेका होलान्। दुई अध्यक्षबीचमा छलफल कसरी अघि बढेको छ भन्नेबारेमा नेता माधव नेपाललाई पूरै जानकारी छैन’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने, ‘कार्यदल बन्नु राम्रो हो। यसले पार्टीभित्रको गतिरोध अन्त्य हुने अपेक्षा छ।’  

कार्यदलका संयोजक पौडेलले शनिबारबाटै आफूहरूले काम सुरु गर्ने र विवाद समाधानका विषयमा प्रस्ताव तयार पारेर अध्यक्षद्वयलाई बुझाउने बताए। ‘दुई अध्यक्षबीच पार्टीभित्रका समस्यालाई सकारात्मक रूपमा समाधान गर्ने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने विषयमा सहमति भएको छ’, पौडेलले भने। उनका अनुसार शुक्रबार र बिहीबारको संवादमा दुई अध्यक्षबीचमा धेरै विषयमा गम्भीर छलफल भएको छ। ‘छलफलपछि उहाँहरू महŒवपूर्ण निष्कर्षमा पुग्नु भएको हो। समस्याको सकारात्मक समाधान खोज्दै नेकपाको एकतालाई अक्षुण्ड राख्नुपर्छ भन्ने विषयमा उहाँहरू सहमत हुनुहुन्छ’, पौडेलले भने, ‘नेपाली जनताले हाम्रो पार्टीबाट जुन अपेक्षा गरेका छन् त्यसलाई सार्थक पार्न एकताबद्ध भएर अघि बढ्नुपर्छ। कतिपयले हाम्रो पार्टीभित्र विग्रहको अवस्था आउँछ भन्ने सोचेका थिए, त्यो सोच आजैका मितिबाट समाप्त भएको छ। ’ पौडेलका अनुसार कार्यदलले प्रस्ताव गर्ने सहमतिको प्याकेज अध्यक्षद्वयले छलफल र अनुमोदनका लागि पार्टीका बैठकमा औपचारिक रूपमा राख्नेछन्। उनले अब पार्टी र सरकार दुवै सहज र प्रभावकारी ढंगले  अघि बढ्नेछन्।  

कार्यदलका सदस्य रावलले पार्टीभित्र संवादहीनताको अवस्था तोड्ने काम भएको बताए। ‘पार्टीभित्र संवादहीनताको अवस्था आएको थियो, कार्यदल बनेपछि त्यसको अन्त भएको छ। अहिलेलाई संवादहीनताको अन्त्य भएको मात्रै बुझौं,’ रावलले भने।  

अर्का सदस्य शर्माले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि कार्यदलले प्रस्ताव तयार पार्ने बताए। ‘कार्यदलले प्रस्ताव तयार गर्छ। समस्या समाधानका लागि समग्र विषयमा छलफल हुन्छ। त्यसकै आधारमा विवादको निरूपण हुन्छ’, उनले भने। अर्का सदस्य पाण्डे चितवनमा छन्। उनलाई महासचिव पौडेलले फोन गरेर कार्यदलको सदस्य भएको र शनिबार त्यसको बैठक रहेको जानकारी गराएका छन्।  

असार १० मा सुरु भएको नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवाद चर्केपछि १८ गतेपछि बस्न सकेको छैन। स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि असार १८ पछि बैठक स्थगित हुँदै आएको छ। ओलीले दुवै पद नछाड्ने अडान राखेपछि विवाद उत्कर्षमा पुगेको थियो। ओलीले बिहीबार र शुक्रबार दाहालसँग भएको बैठकमा सरकार र पार्टी सचिवालयको निर्णय अनुसार चल्ने बताएपछि संवाद सकारात्मक चरणमा प्रवेश गरेको उच्चस्रोतले जनाएको छ।

प्रतिक्रिया