Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मोहनापुल–अत्तरिया ६ लेन सडकका तीन वटा पुलको काम अलपत्र

मोहनापुल–अत्तरिया ६ लेन सडकका तीन वटा पुलको काम अलपत्र

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ को सुनिखोलामा तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको ठेक्का पायो। पुलको काम सम्झौताको अवधिमा पूरा भएन। सुनिखोला पुल निर्माणको काम सरकारले  अघिल्लो वर्षको असारमा पूरा हुनुपर्ने निर्णय गरेको थियो। 

तर  म्याद थप गरिएको समयमा पनि काम पूरा भएन। सम्झौताको अवधिभित्र आधा काम पूरा नभएपछि तेस्रो पटकका लागि पुल निर्माणको म्याद थपको प्रक्रिया थालिएको छ। दोस्रो पटक थप गरिएको म्यादमा निर्माण कम्पनीले ८० प्रतिशत मात्र काम गरेको हो। २० प्रतिशत पुल निर्माणको काम बाँकी छ। महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले तीन पुलमा सुमिखोलाको म्याद सकिएको बताए। सुमिखोलाको पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ। उनले भने, ‘सुमिखोला पुलको ८० प्रतिशत काम सकियो। ढलान भएको छ। रोडको काम बाँकी छ। दुबै तिर एप्रोज रोडको काम बाँकी छ।’

गोदावरी नगरपालिकाकै मनहरा खोलामा पनि पुल निर्माणको काम अलपत्र छ। साढे ९ करोडको लागतमा निर्माण थालिएको पुलको काम अलपत्र पारिएको हो। उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले काम गर्दैछ। बर्खाका कारण मनहरा खोलाको पुलको काम पनि रोकिएको छ। यता २७ महिनामा सक्ने गरी २०७८ माघमा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति हालसम्म १५ प्रतिशत पुगेको छ। साढे १३ करोड लागतको मोहनापुलको जमिन मुनिको काम सकिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकका तीनवटै नदीमा पुराना पक्की पुलहरु रहेका छन्। महाकाली पुल आयोजनाका सब इन्जिनियर भूवन खण्डकाले मोहनामा पुलको काम १५ प्रतिशत पूरा भएको बताए। साढे तीन करोड भुक्तानी भएको उनले बताए। उनले भने, ‘पायलको काम भएको छ। ५० वटामा ४० वटा पायल हालेका छौ। २५ मिटरको पुल हो। ११ मिटर चौडाइको हुन्छ। फुटपातसहितको पुल हो। २०८१ माघसम्म म्याद छ।’

भारतको सीमानादेखि अत्तरियासम्मको सडक ६ लेनमा विस्तार भएपछि तीनवटा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालय खारेज भएपछि महाकाली पुल आयोजनामार्फत काम हुँदैछ। महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर चन्दले तीन वटा पुल ६ लेनमा निर्माणको चरणमा रहेको बताए। 

कैलालीस्थित मोहनापुल–अत्तरिया ६ लेन सडकमा थप गरिएको समयमा पनि पुल निर्माणको काम पूरा भएको छैन। मोहनापुल–अत्तरिया ६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्रमा पर्ने सुनिखोलामा पुल निर्माणको समय तेस्रो पटक थप हुँदैछ। नेपाल–भारत सीमादेखि गोदावरी नगरपालिकाको गेटासम्म तीनवटा पुल निर्माणको काम अहिले ठप्प छ। बर्खाका कारण पुलको काम रोकिएको दाबी छ। 

प्रतिक्रिया