Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा ४ सय नयाँ सैनिक भर्ना

सुदूरपश्चिममा ४ सय नयाँ सैनिक भर्ना

 नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन्। विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको छ। जस्मा सुदूरपश्चिमका पनि ४०० नयाँ सैनिक रहेका छन्। उनीहरुको तालिम थालिएको जनाइएको छ। सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ। 

नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरु अनिवार्य साथमा लिन सुसूचित गराएको छ। ठूलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एकजोर कालो जुत्ता, फुल साइजको कालो सिभिल मोजा, चप्पल, पिटी गन्जी, दाह्री काट्ने सामान र अण्डरवेयर, महिलाको हकमा भित्री वस्त्र, ब्रस, मन्जन र साबुन, जुत्ता पुस्ने ब्रस, साधारण बकल भएको कालो छालाको बेल्ट, स्पोर्ट सुज सैनिकले अनिवार्य साथमा लैजानुपर्नेछ।

त्यस्तै, सेनाले सैनिकहरुलाई आफ्नो व्यक्तिगत प्यान नम्बर बनाउन निर्देशन छ। व्यक्तिगत खाता खोलेर एटीएम पनि आफैंसंग लैजानुपर्ने, व्यक्तिगत विवरण किताबमा अनिवार्य छाप लगाउन र आफूले ईच्छाएको व्यक्तिको फोटो र नागरिकता पनि साथमा ल्याउन भनिएको छ। सम्बन्धित केन्द्रहरुले सैनिकहरुको विवरण संकलन गरेर राख्नुपर्नेछ। सैनिकहरु आफ्नो व्यक्तिगत कागजातबिना उपस्थित हुँदा तालिममा असर परेपछि सेनाले पहिले नै जानकारी गराएको हो।

प्रतिक्रिया