Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कञ्चनपुरबाट एक वर्षमा तीन करोडभन्दा बढीको अवैध सामान बरामद

कञ्चनपुरबाट एक वर्षमा तीन करोडभन्दा बढीको अवैध सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरबाट एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरीएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी–तस्करीका तीन करोडभन्दा बढीका अवैध सामान बरामद गरेको हो। साउनको हालसम्म मात्रै सशस्त्र प्रहरीले ३० लाखभन्दा बढीका अवैध सामान नियन्त्रण गरेर भन्सार चलान गरेको छ। कञ्चनपुरका विभिन्न खुला नाकासहित भन्सारबाटै चोरी छली गरेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सारलाई बुझाएसँगै भन्सार राजस्व चुहावट कम भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणले गत वर्ष भन्सार चोरी–तस्करीका अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गणसहित मातहत रहेका बोर्डर आउटपोस्ट (बिओपी)मार्फत भारतबाट चोरी–तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए ।

उनका अनुसार भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामग्री, इलेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरासहित तस्करी गर्न प्रयोग भएका मोटरसाइकल, जिपसहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको हो। 

प्रतिक्रिया