Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

माओवादी बैठकमा नेतृत्वको चर्को आलोचना, नेताहरू भन्छन्- पार्टीमा छोरी-ज्वाइँ र परिवारबाद हाबी भयो

माओवादी बैठकमा नेतृत्वको चर्को आलोचना, नेताहरू भन्छन्- पार्टीमा छोरी-ज्वाइँ र परिवारबाद हाबी भयो

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा पनि नेतृत्वको चर्को आलोचना भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारबाद हाबी भएको आरोप लगाएका छन् । 

बैठकमा बोल्नेक्रममा नेताहरूले परिवारबादले पार्टीलाई समाप्त पार्न लागेको बताएका छन् । पहिलो दिनको बैठकमा जस्तै आजको बैठकमा पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत पार्टी नेतृत्वमा रहेकाहरू परिवारबादमा रमाएको भन्दै नेताहरूले आलोचना गरेका छन् । 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री प्रचण्डको सचिवालय छोरी-ज्वाइँले घेरिएको आरोप लगाएका छन् । 'हाम्रो पार्टी र अध्यक्ष प्रचण्डको सचिवालय छोरी-ज्वाइँले घेरियो । यस्तो हुँदा नेताहरूले काम नगर्ने भए,'बैठकमा एक नेताले भने,' पहिलो  र दोस्रो तहका नेताहरूमा परिवारबाद हाबी भएको छ । यसले पार्टी बन्दैन, थप बिग्रिन्छ ।'

यस्तै, बैठकमा बोल्ने अधिकांशले पार्टीलाई बचाउन परिवारबादबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्ने नेताहरूले मंसिरमा गर्ने प्रस्ताव गरिएको विधान सम्मेलन आवश्यक नभएको बताएका छन् । उनीहरूले 'विधान महाधिवेशन नगरी सांगठनिक महाधिवेशन गर्न नेतृत्वले प्रस्तावसमेत गरेका छन् ।

प्रतिक्रिया