Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिद्धारा आगलागी पिडित भण्डारी र बिष्टलाई राहात हस्तान्तरण

मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिद्धारा आगलागी पिडित भण्डारी र बिष्टलाई राहात हस्तान्तरण

चक्र प्रशाद जैसी अछाम - मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिले आगलागी पिडितलाई राहात हस्तान्तरण गरेको छ । यही साउन ११ गते घरमा विद्युत सट भएर घरमा आगलागी भई क्षति व्यहोरेका अछाम जिल्लाको सदरमुकाम स्थीत मंगलसेन बजार निवासी मना भण्डारी र अर्जुन बिष्टलाई राहात हस्तान्तरण गरेको हो ।

बजार विकास तथा प्रवर्द्धन समितिको अगुवाईमा मंगलसेन बजार क्षेत्रबाट संकलन गरिएको राहात एक कार्यक्रमका विच हस्तान्तरण गरिएको समितीका सचिव राजेश भाटले जानकारी दिनुभएको छ । घरमा आगलागी हुदा घरभित्र रहेको अन्नपात, लुगाकपडा,भाडाकुडा जलेर ठुलो क्षति व्यहोरेकी मना भण्डारीलाई १८ हजार ३ सय २० र बिष्टलाई ८ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

संकल गरिएको  जम्मा २६ हजार ५ सय ४५ रुपैयाँ आगलागी पीडित मना भण्डारी र अर्जुन बिष्टको घरमै पुगेर हस्तान्तरण गरिएको समितिले जनाएको छ । यस्तै यस अघि मंगलसेन नगरपालिकाले पनि पीडित भण्डारीलाई त्रिपाल, एक जोर ओढ्ने ओछ्याउने, प्रेसरकुकरसहित एक जोर भाँडाकुँडा, प्रदान गरेको थियो ।

आगलागीमा  १ तोला सुन, ५० हजार नगद रुपैया, १० तोला चाँदी, धान,गहुँ र चामल २÷२ कट्टा, दराज, खटीया, मोवाइल, टिभी, १÷१ वटा र बेड बिस्तरा, कागजपत्र सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

थोरै भएपनी आगलागि पिडितलाई सहज होस भन्ने उदेश्यले राहात संकलन गरिएको समितिका कोषाध्यक्ष ईन्दु पाण्डेले बताउनुभयो । कार्यक्रममा बोल्दै बजार विकास तथा प्रवद्र्धन समितिका अध्यक्ष गोपाल बोगटीले भरखरै गठन भएको समितिको यो पहिलो सुरुवात भएको र आगामी दिनमा पिडित भण्डारीको घर निर्माणमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बजारका व्यपारीहरुको हकहित तथा मंगलसेन बजारको सरसफाईका विषयमा समितिले कामगर्ने बताउनुभयो । मंगलसेन बजार व्यवस्थित नभएको, फोहोर व्यवस्थापन नभएको व्यापक गुनासो बढेकाले हाम्रो मंगलसेन राम्रो मंगलसेन भन्ने नारालाई आत्मसाथ गर्दै समितिले आगामी दिनमा कामगर्ने बताउनुभयो ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर स्वाँरले बजार विकास तथा प्रवद्र्धन समितिले बजार क्षेत्रमा जथाभावि रुपमा फालिएका मदिराका बोतल तथा फोहोर व्यवस्थापन गर्ने देखि अन्य रचनात्मक कार्यहरु गर्दै अघि बढ्ने बताउनुभएको छ । बजार क्षेत्रको सरसफाईका लागि समिति र नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले यस कार्यमा सबै बजारबासीले साथ दिन आग्रह समेत गर्नुभएको छ ।

राहात हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नाम सिं धामी, समाजसेवी नर बहादुर रावल, बजार विकास तथा प्रवद्र्धन समितिका पदाधिकारी, प्रहरी पत्रकार लगायत व्यापारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन व्यापारी पुर्ण बहादुर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया