ताजा अपडेट
पत्रकारलाई आक्रमणको आरोप लागेपछि निलम्बित रास्वपा बझाङ संयोजकको निलम्बन फुकुवा
राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ। पत्रकार सुनिल मण्डललाई आक्रमण गरेको आरोप लागेका उनीविरुद्ध पार्टीले गरेको छानविनमा दोषी नदेखिएपछि निलम्बन फुकुवा गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ। खत्री पार्टीमा फर्कन चाहेर सोही अनुसार योगदान गरेको पुष्टि भए तीन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए।
बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। नियमावली पारित भएसँगै पार्टी हित विपरीत कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए। बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ। टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया