Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढी जेसीज सप्ताह भोलिदेखि सुरु हुुदैँ

धनगढी जेसीज सप्ताह भोलिदेखि सुरु हुुदैँ

धनगढी  ।  धनगढी जेसीज सप्ताह २०२३ भोलिदेखि सुरु हुने भएको छ । ुदिगो विकाश  लक्ष्य प्राप्तिमा युवाको साथ हरित विश्व निर्माणमा हरित सिप विकासु भन्ने मुुल नारालाई सफल बनाउन सुदूरपश्चिम यूवा परिषद्को सहकार्यमा सप्ताह सुरु हुन लागेको मुुल संयोजक जेसी जनार्दन बम्मले जानकारी दिए  । 

भोलि साउन २० गतेदेखि साउन २७ गते सम्म सप्ताह व्यापी जेसीज सप्ताह २०२३ विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।

सप्ताहको पहिलो दिन अर्थात् भोलि फुटसल प्रतियोगिता धनगढीको फ्याटल्याण्डमा विहान ८ बजेदेखि, निःशुल्क दन्त शिविर २१ गते, भैरव बाबा आधारभूत विद्यालय मटियारी बिहान ११ बजे, लागुुऔषध सम्बन्धी जन चेतना धनगढीको पार्क मोड हुँदै ओम प्यालेस सम्म बिहान ८ः३० बाट र्‍याली, २३ गते वक्तृत्वकला  प्रतियोगिता, सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ बजेदेखि सुरु गरिने आयोजकले जनाएको छ ।

त्यस्तै २४ गते प्रकरण गोष्ठी सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ः३० बजेदेखि, २५ गते कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजे वृक्षारोपण गरिने छ । 

जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण समारोह साउन २७ गते दिउँसो ३ बजे ओम प्यालेसमा गरिने मूल संयोजक बम्मले जानकारी दिए ।

प्रतिक्रिया

ट्रेन्डिङ