ताजा अपडेट
धनगढी जेसीज सप्ताह भोलिदेखि सुरु हुुदैँ
धनगढी । धनगढी जेसीज सप्ताह २०२३ भोलिदेखि सुरु हुने भएको छ । ुदिगो विकाश लक्ष्य प्राप्तिमा युवाको साथ हरित विश्व निर्माणमा हरित सिप विकासु भन्ने मुुल नारालाई सफल बनाउन सुदूरपश्चिम यूवा परिषद्को सहकार्यमा सप्ताह सुरु हुन लागेको मुुल संयोजक जेसी जनार्दन बम्मले जानकारी दिए ।
भोलि साउन २० गतेदेखि साउन २७ गते सम्म सप्ताह व्यापी जेसीज सप्ताह २०२३ विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।
सप्ताहको पहिलो दिन अर्थात् भोलि फुटसल प्रतियोगिता धनगढीको फ्याटल्याण्डमा विहान ८ बजेदेखि, निःशुल्क दन्त शिविर २१ गते, भैरव बाबा आधारभूत विद्यालय मटियारी बिहान ११ बजे, लागुुऔषध सम्बन्धी जन चेतना धनगढीको पार्क मोड हुँदै ओम प्यालेस सम्म बिहान ८ः३० बाट र्याली, २३ गते वक्तृत्वकला प्रतियोगिता, सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ बजेदेखि सुरु गरिने आयोजकले जनाएको छ ।
त्यस्तै २४ गते प्रकरण गोष्ठी सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ः३० बजेदेखि, २५ गते कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजे वृक्षारोपण गरिने छ ।
जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण समारोह साउन २७ गते दिउँसो ३ बजे ओम प्यालेसमा गरिने मूल संयोजक बम्मले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया