Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डोटीका स्थानीय तहविरुद्ध अख्तियारमा भ्रष्टाचारका ९३ उजुरी, कुन पालिकामा बढी ?

डोटीका स्थानीय तहविरुद्ध अख्तियारमा भ्रष्टाचारका ९३ उजुरी, कुन पालिकामा बढी ?

डोटी। जिल्लाका स्थानीय तहका बेथिति र अनियमितताविरुद्ध पछिल्ला ३ वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९३ उजुरी परेका छन् ।

आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७७/०७८ मा ४५, ०७८/०७९ मा १९ र ०७९/०८० मा २९ उजुरी परेका छन् । तीन वर्षमा अख्तियारमा परेका उजुरीहरूमध्ये हालसम्म ५३ फर्छ्यौट भइसकेका र ४० अनुसन्धानको क्रममा रहेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार यो अवधिमा पूर्वीचौकी गाउँपालिकाविरुद्ध सबैभन्दा बढी ३० उजुरी परेका छन् । यस गाउँपालिकाविरुद्ध ०७७/०७८ मा १८, ०७८/०७९ मा ४ र ०७९/०८० मा ८ उजुरी परेका हुन् । त्यसमध्ये २२ वटा उजुरी फर्छ्यौट भइसकेका छन्। सबैभन्दा कम आदर्श र केआई सिंह गाउँपालिकाविरुद्ध ३/३ उजुरी परेका छन् । केआई सिंहविरुद्ध ०७७/०७८ मा २ र ०७८/०७९ मा १ उजुरी परेका छन् । ०७९/०८० मा यस गाउँपालिकाविरुद्ध कुनै पनि उजुरी नपरेको आयोगले जनाएको छ । परेका ३ उजुरीहरूमध्ये २ फर्छ्यौट भइसकेका छन् भने एक अनुसन्धानको क्रममा रहेको छ ।

आदर्श गाउँपालिकाविरुद्ध ०७७/०७८ मा २ र ०७८/०७९ मा १ गरी ३ उजुरी परेका छन् । यस गाउँपालिकाविरुद्ध ०७९/०८० मा कुनै पनि उजुरी परेको छैन । परेका उजुरीहरूमध्ये २ फर्छ्यौट भएको र १ अनुसन्धानमा रहेका छन् ।आर्थिक वर्ष ०७७/०७८ मा १३, ०७८/०७९ मा १ र ०७९/०८० मा ४ गरी तीन वर्षको अवधिमा सायल गाउँपालिकाविरुद्ध १८ उजुरी परेका छन् । परेका उजुरीहरूमध्ये १२ फर्छ्यौट भई ६ अनुसन्धानमा रहेका आयोगले उपलव्ध गराएको सूचनामा उल्लेख छ । यस्तै, तीन वर्षको अवधिमा बडीकेदार गाउँपालिकाबिरुद्ध १० उजुरी परेका छन् । ०७७/०७८ मा ३, ०७८/०७९ मा छ र ०७९/०८० मा २ उजुरी परेकामा १ उजुरी मात्र फर्छ्यौट भएको छ । बाँकी ९ उजुरी हाल अनुसन्धानमा रहेका छन् ।

दिपायल सिलगढी नगरपालिकाविरुद्ध ८ उजुरी दर्ता भएका छन् । ०७७/०७८ मा १, ०७८/०७९ मा १ र ०७९/०८० मा ६ उजुरी परेका हुन् । परेका उजुरीहरुमा ३ फर्छ्यौट भई ५ अनुसन्धानमा रहेका छन् । शिखर नगरपालिकाबिरुद्ध ०७७/०७८ मा ६ र ०७९/०८० मा १ गरि ७ उजुरी परेका छन्। आर्थिक वर्ष ०७८/०७९ मा भने यस नगरपालिकाविरुद्ध कुनै जाहेरी परेन । परेका उजुरीहरूमा ४ फर्छ्यौट भइसकेका छन् भने ३ अनुसन्धानको क्रममा रहेका छन्।

जोरालय गाउँपालिकाविरुद्ध ३ वर्षको अवधिमा ७ उजुरी परेका छन् । यस गाउँपालिकाविरुद्ध आर्थिक वर्ष ०७८/०७९ मा १ र ०७९/०८० मा ६ उजुरी परेका हुन् । ०७७/०७८ मा भने यस उजुरी परेन । ७ उजुरीमध्ये १ फर्छ्यौट भई ६ अनुसन्धानको क्रममा रहेका आयोगको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ । यस्तै, बोगटान फुड्सिल गाउँपालिकाविरुद्ध पनि यस अवधिमा ७ उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/०७९ मा ५ र ०७९/०८० मा २ उजुरी परेका छन् । परेका उजुरीहरुमा ६ फर्छ्यौट भइसकेका र एक अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ।आयोगको कञ्चनपुर कार्यालयका अनुसार तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहहरुविरुद्ध ५ हजार २३७ उजुरी परेका छन् । जसमध्ये ४ हजार पाँच सय १७ उजुरी फर्छ्यौट भइसकेका छन्। -साभार नेपाल प्रेसबाट 

प्रतिक्रिया