Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुरका दिनेश बिष्टले घरमै बनाए इलेक्ट्रिकल मोटरसाइकल

कञ्चनपुरका दिनेश बिष्टले घरमै बनाए इलेक्ट्रिकल मोटरसाइकल

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का दिनेश बिष्टले घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका छन । कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययनरत बिष्टले करिब १ लाख खर्च गरेर घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन् ।

उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेम राज ओझाले लन्चिङ गरेका थिए । मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव उचो गर्ने काम गरेको बताए । उनले दिनेशले गरको कामलाई नगरपालकाले पनि सहयोग गर्ने बताए ।

उनले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेयसन संगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए । मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए । उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङ्की र पुराना स्कुटरका टायर प्रयोग गरेका छन । उक्त मोटरसाइकल निर्माणका लागि २ हप्ताको समय लागेको उनले बताए ।

उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन । ४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेका ७५ देखि ८० किलोमिटर गुड्ने बताइएको छ । मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए ।

उनले एकपटक चार्ज गर्न २ युनीट विद्युत खर्च हुने बताए । यसअघि उनले मोटरसाइकलको इन्जिन प्रयोग गरेर तिन पाङ्ग्रे बग्गी पनि निर्माण गरेको बताए । उनले दुवै उत्पादन गर्नको लागि २ लाख खर्च लागेको बताए । यसअघि गेटाको सरस्वती मावि मै अध्ययनरत पारश साउँदले पनि १ लाखमैं इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका थिए ।

प्रतिक्रिया