Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु, एक घाइते

बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु, एक घाइते

बैतडी,  बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका ४ रक्सौनका ९ बर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको हो । सडक तलतिर बालबालिकाहरु खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो । शुक्रबार दिउँसो बालबालिकाहरु खेलीरहेको अवस्थामा खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको स्थानीय बल्देव विकले बताए ।

जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले गाउँ शोकमा डुबेको छ । घरमा उनकी आमा मात्रै रहेको बताइएको छ । रेशमका बुवा दिपक लुहार रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ बर्षीय अनिल चुनारा घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ । मामा घर आएका चुनारापनि बालबालिकाहरुसंगै खेल्न गएका थिए ।

सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु र एक बालक घाइते भएपछि अहिले गाउँ शोकमग्न भएको छ । मृतक रेशमकी आमा विक्षप्त भएकी छन् । एकमात्रै छोराको ढुंगा लागेर मृत्यु भएपछि उनी होसमा आउन सकेकी छैनन् । 

प्रतिक्रिया