Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु, एक घाइते

बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु, एक घाइते

बैतडी,  बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका ४ रक्सौनका ९ बर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको हो । सडक तलतिर बालबालिकाहरु खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो । शुक्रबार दिउँसो बालबालिकाहरु खेलीरहेको अवस्थामा खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको स्थानीय बल्देव विकले बताए ।

जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले गाउँ शोकमा डुबेको छ । घरमा उनकी आमा मात्रै रहेको बताइएको छ । रेशमका बुवा दिपक लुहार रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ बर्षीय अनिल चुनारा घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ । मामा घर आएका चुनारापनि बालबालिकाहरुसंगै खेल्न गएका थिए ।

सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु र एक बालक घाइते भएपछि अहिले गाउँ शोकमग्न भएको छ । मृतक रेशमकी आमा विक्षप्त भएकी छन् । एकमात्रै छोराको ढुंगा लागेर मृत्यु भएपछि उनी होसमा आउन सकेकी छैनन् । 

प्रतिक्रिया