ताजा अपडेट
‘पहिचान स्थापित गराउँदै देश बिकास गर्नेछौँ’ : रेशम चौधरी
काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको औचित्य समाप्त गर्न बिभिन्न ब्यक्ति र शक्तिहरुले चलखेल गर्न थालेको बताएका छन् ।
शुक्रबार कैलालीमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो बताएका हुन् ।
‘हामीले सुरु गरेको पहिचानको आन्दोलन, थरुहटको आन्दोलन जस्ले हिजो असफल बनाउन लागि परे । हाम्रा साथिहरुलाई बिभिन्न आरोपना जेलनेल सहन बाध्य बनाए आज उनीहरुले नै फेरि थरुहट आन्दोलनको औचित्य समाप्त गर्न चलखेल गर्दैछन् । रेशम चौधरीलाई र नागरिक उन्मुक्ति पार्टीलाई समाप्त पार्न अनेकौँ हत्कण्डाहरु अपनाउन थालेका छन्’, चौधरीले भने ।
आफुहरु पहिचानको लडाईँमा विगतमा पनि कसैसँग नझुकी नडराई निरन्तर आन्दोलन गरेको स्मरण गराउँदै चौधरीले कार्यकर्तालाई समग्र देशको पहिचान स्थापित गर्दै चौतर्फी बिकासको अभियानमा जुट्न आव्हान गरे ।
‘हिजो थरुहट आन्दोलनको जगमा स्थापित भएको पार्टी हो नागरिक उन्मुक्ति पार्टी, जुन आन्दोलनमा हामीले बन्दुक खायौँ, सत्ता र पहिचान बिरोधीहरुबाट अनेकौँ झुट्टा मुद्दा खेप्यौँ । म र हाम्रा साथिहरु कैदीबन्दी बनाइयो तर हामी डराएनौँ । अब पनि कसैले चलखेल गर्दैमा हामीलाई केही हुनेवाला छैन् । सम्पूर्ण साथिहरु ढुक्क भएर पार्टी र संगठन बिस्तार गर्दै देश बिकासको महाअभियानमा जुट्नुहोस्’, उनले भने ।
राजबन्दीहरुको रिहाइका निम्ती पार्टीले प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनीहरुलाई जतिसक्दो छिटो थुनामुक्त गराउने चौधरीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया