Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन

कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन

धनगढीः जिल्ला अदालत कैलालीमा श्रीमती छोड्न चार सय पुरुष (श्रीमान) को निवेदन परेको पाइएको छ। आर्थिक वर्ष २०७९/८० मा श्रीमानले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न सो संख्यामा मुद्दा दर्ता भएको पाइएको हो। श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि श्रीमतीसँग सम्वन्ध विच्छेद गर्न कैलाली अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ।

जिल्ला अदालतका अनुसार सोही कानुनी व्यवस्थाका कारण कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिलाको भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको छ। गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा चार सय मुद्दा पुरुषले मात्र दिएका छन्। ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको छ भने २१४ मुद्दा फछ्यौट हुन बाँकी छ।

पछिल्लो समय बिवाहपछि सम्बन्ध बिच्छेद गर्ने क्रम निकै बढेको छ। कैलालीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ। घरायसी झै झगडादेखि सामाजिक सञ्जालका कारण सम्बन्ध बिच्छेद गर्नेहरु बढेका छन्। संगै जिउने मर्ने बाचा कसम खाएर बैवाहिक बन्धनमा बाँधिएका जोडिहरु दिन प्रतिदिन छुट्टिने क्रम बढेको छ। बिवाह भएको थोरै समयमा सम्बन्ध बिच्छेद गर्न आउने जोडीहरु तमाम भेटिन्छन्।

कैलाली जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदकै लागि मुद्दाको चाङ छ। आर्थिक बर्ष २०७६/७७ मा २ सय ४ मुद्धा सम्बन्ध बिच्छेदका लागि दर्ता भएका थिए। तीमध्ये एक सय ३ मुद्दा फछ्र्यौट भए। यस्तै आर्थिक बर्ष २०७७/७८ मा २ सय ५ मुद्धा दर्ता भएकोमा एक सय ३० मुद्दा फछ्र्यौट भए भने आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्दाको संख्या झन बढेको अदालतको अभिलेख छ।

सो अवधिमा ६ सय १० सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता भएकोमा तीन सय ९५ मुद्धा फछ्र्यौट गरिएको थियो। कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अधिकारीहरु बताउँछन्। जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर विष्टका अनुसार विदेशमा रहँदा श्रीमतीले धन सम्पत्ति मासेको, परपुरुषसँग लागेको लगायत कारण कारण देखाउँदै सम्वन्ध विच्छेद गर्ने गरेको बताए।

प्रतिक्रिया