Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य कार्यक्रमकाे बार्षिक समिक्षा गाेष्ठि सम्पन्न

पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य कार्यक्रमकाे बार्षिक समिक्षा गाेष्ठि सम्पन्न

पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य कार्यक्रमकाे बार्षिक समिक्षा गाेष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० काे स्वास्थ्य क्रियाकलापकाे समिक्षा गर्दै दुई दिने गाेष्ठि नगरपालिकाकाे हलमा सम्पन्न भएको हाे ।

नगरपालिकाका ९ वटै वडाहरूका स्वास्थ्य संस्थाहरूबाट प्रवाह भएको स्वास्थ्य सेवा बारे स्वास्थ्य चाैकी प्रमुख तथा नगरपालिकाका स्वास्थ्य शाखा संयाेजकले आफ्नो तथ्यांक प्रस्तुत गरेका थिए ।

स्वास्थ्य संस्थाबाट प्रवाह हुने सम्पुर्ण सेवा सुविधा बारे जानकारी गराउँदै सम्पुर्ण स्वास्थ्य संस्था प्रमुखहरूले मापदण्डअनुसारकम भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको गुनासो गरेका छन् ।

नगर प्रमुख अम्बिका चलाउनेकाे अध्यक्षतामा सम्पन्न भएको दुई दिने गाेष्ठिमा स्वास्थ्य सेवा मानवीय जीवनको महत्त्वपूर्ण धन भएकाले जिम्मेवार भएर सेवा प्रवाह गर्न नगर प्रमुख चलाउने ले सुझाव दिइन् ।
जीवन स्वस्थ राख्न स्वास्थ्य संस्थामा उपलब्ध स्राेत साधनहरूकाे सहि रूपमा सदुपयोग नगरेको प्रति चिन्ता व्यक्त गर्दै उनले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा अल्छी नगर्न आग्रह गरिन् ।

स्वास्थ्य सेवालाई आफ्नो कार्यकाल भरि पहिलो प्राथमिकतामा राखेर स्वस्थ नागरिक बनाउने यात्रा निरन्तर कायम रहने नगर प्रमुख चलाउनेकाे भनाई छ ।

कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरूकाे सहभागीता रहेको थियो । दुई दिने स्वास्थ्य कार्यक्रमहरूकाे गाेष्ठिकाे सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिस्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगाना र झपट ढुंगानाले सहजीकरण गर्दै सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाई सेवा प्रवाहकाे सहि रूपमा रिपोर्टिङ गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया