Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भारतको उत्तराखण्डमा पहिरोमा परी १७ जना नेपालीसहित १९ जना बेपत्ता

भारतको उत्तराखण्डमा पहिरोमा परी १७ जना नेपालीसहित १९ जना बेपत्ता

रोजगारिका लागि भारतमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्।

भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका उनिहरु पहिरोमा परी बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्। उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका हुम्लाका वीरबहादुरको होटलमा खाना खान लागेका बेला पहिरोले होटल नै बगाएको थियो।

पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उनकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर बेपत्ता भएका छन्। यस्तै होटलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा, अमर बोहरा, बोहराका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरी राधिका र पिङ्की पनि बेपत्ता भएको बताइएको छ।

पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको गृह मन्त्रालयले जनाएको छ। घटनाको सूचनापछि खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारलाई लिखित पत्राचारसमेत गरिसकेको गृह मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ