Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीको ६ लेन सडकमा पर्ने पुल निर्माणको कार्य वेवारिसे

कैलालीको ६ लेन सडकमा पर्ने पुल निर्माणको कार्य वेवारिसे

कैलालीको मोहना पुल अत्तरिया ६ लेन सडक खण्डमा पर्ने ३ वटा पुलहरु निर्माणको कार्य सम्पन्न हुन सकेको छैन्। उक्त ६ लेन सडक खण्डमा पर्ने पुलको काम समयमै सम्पन्न नगर्दा निर्माण कार्य वेवारिसे बनेको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ को सुनिखोलामा पुल निर्माणको काम सरकारले अघिल्लो वर्षको असारमा पूरा हुनुपर्ने निर्णय गरेको थियो। तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको ठेक्का पाएको पुलको काम सम्झौताको अवधिमा पूरा हुन सकेन्। दोस्रो पटक थप गरिएको म्यादमा निर्माण कम्पनीले ८० प्रतिशत मात्र काम गरेकोमा २० प्रतिशत काम बाँकी छ ।

सम्झौताको अवधिभित्र आधा काम पूरा नभएपछि तेस्रो पटकका लागि पुल निर्माणको म्याद थपको प्रक्रिया थालिएको छ।

महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले तीन पुलमा सुमिखोलाको म्याद सकिएको बताए। सुमिखोलाको पुल निर्माणको ८० प्रतिशत काम सकिएको बताए। ढलान भएको बताउँदै बाँकी रोडकोे दुबै तिर एप्रोज गर्नुपर्ने बताए। यस्तै गोदावरी नगरपालिकाकै मनहरा खोलामा साढे ९ करोडको लागतमा निर्माण थालिएको पुल निर्माणको काम अलपत्र पारिएको छ। उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले काम गर्दैछ। बर्खाका कारण मनहरा खोलाको पुलको काम पनि रोकिएको छ।

यता २७ महिनामा सक्ने गरी २०७८ माघमा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति हालसम्म १५ प्रतिशत पुगेको छ। साढे १३ करोड लागतको मोहनापुलको जमिन मुनिको काम सकिएको छ।मोहनापुल–अत्तरिया ६ लेन सडकका तीनवटै नदीमा पुराना पक्की पुलहरु रहेका छन्। महाकाली पुल आयोजनाका सब इन्जिनियर भूवन खड्काले मोहनामा पुलको काम १५ प्रतिशत पूरा भएको बताए। साढे तीन करोड भुक्तानी भएको उनले बताए।

उनले टायलको काम भएको र ५० वटामा ४० वटा टायल हालेको बताए । उनले २५ मिटर रहेको पुलको ११ मिटर चौडाइ रहेको बताएँदै फुटपातसहितको पुल बन्ने बताए। उक्त पुल निमार्णको म्याद २०८१ माघसम्म रहेको जानकारी दिए। भारतको सीमाना कैलालीपुल देखि अत्तरियासम्मको सडक ६ लेन सडक विस्तार भएपछि तीनवटा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालय खारेज भएपछि महाकाली पुल आयोजनामार्फत काम हुँदैछ। महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर चन्दले तीन वटा पुल ६ लेनमा निर्माणको चरणमा रहेको बताए। मोहनापुल–अत्तरिया ६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्रमा पर्ने सुनिखोलामा पुल निर्माणको समय तेस्रो पटक थप हुँदैछ। नेपाल–भारत सीमादेखि गोदावरी नगरपालिकाको गेटासम्म तीनवटा पुल निर्माणको काम अहिले ठप्प बनेको छ। यस्तै बर्खाका कारणले पनी पुलको काम रोकिएको बताइएको छ। थप गरिएको समयमा पनि पुल निर्माणको काम अधुरो रहेको हो ।

प्रतिक्रिया