Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न साढे १६ करोड बजेट, बसना गाडमा पुल बन्ने

उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न साढे १६ करोड बजेट, बसना गाडमा पुल बन्ने

डडेल्धुरा । उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न चालू आर्थिक वर्षमा साढे १६ करोड बजेट विनियोजन गरिएको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको मेलौली हुँदै पञ्चेश्वर गाउँपालिकासम्म जोड्ने राजमार्गको थप ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि साढे १६ करोड विनियोजन गरिएको हो ।

संघीय सरकारले १५ करोड र प्रदेश सरकारले डेढ करोड उक्त सडक कालोपत्रेका लागि विनियोजन गरेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । ‘गत वर्ष अजयमेरु गाउँपालिकाको वडा नम्बर १ बयलडाँडादेखि वडा नम्बर २ चमडा सम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का भएको थियो,’ कार्यालय प्रमुख नवराज रावलले भने, ‘तर निर्माण व्यवसायीले ढिलाई गर्दा ७ किलोमिटर मात्रै कालोपत्रेको काम सम्पन्न भयो । बसाना गाड क्षेत्रमा बाँकी रहेको तीन किलोमिटर सडक कालोपत्रे यस वर्ष हामी गर्छौ ।’

उनका अनुसार बसना गाडमा पुल निर्माणका लागि पनि एक करोड बजेट छुट्याइएको छ । ‘पुल निर्माणका लागि पनि चालू आर्थिक वर्षभित्रै ठेक्का गर्छौ,’ उनले भने । यस्तै संघीय सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीले चमडा अगाडिको सडक खण्डमा कालोपत्रे गर्ने भएको छ ।

कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार चालू आर्थिक वर्षमा कुलपातेमार्फत कम्तिमा पनि ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । ‘पूर्वाधार विकास कार्यालयले गरेको कालोपत्रेकै मापदण्डअनुसार डिभिजन सडक कार्यालयले पनि कालोपत्रे गर्छ,’ उनले भने, ‘यसवर्ष १५ करोड बजेट छुट्याइएको छ । कम्तिमा पनि ३ किलोमिटर हामीले कालोपत्रे गर्छौं ।’

उग्रतारा–मेलौली राजमार्गअन्तर्गत पहिलोपटक आर्थिक वर्ष २०७४/०७५ मा अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ बयलडाँडासम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । गत वर्ष ७ किलोमिटर कालोपत्रे गरिएकोमा यस वर्ष थप ६ किलोमिटर कालोपत्रे हुने भएको हो ।

प्रतिक्रिया