Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न साढे १६ करोड बजेट, बसना गाडमा पुल बन्ने

उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न साढे १६ करोड बजेट, बसना गाडमा पुल बन्ने

डडेल्धुरा । उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न चालू आर्थिक वर्षमा साढे १६ करोड बजेट विनियोजन गरिएको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको मेलौली हुँदै पञ्चेश्वर गाउँपालिकासम्म जोड्ने राजमार्गको थप ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि साढे १६ करोड विनियोजन गरिएको हो ।

संघीय सरकारले १५ करोड र प्रदेश सरकारले डेढ करोड उक्त सडक कालोपत्रेका लागि विनियोजन गरेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । ‘गत वर्ष अजयमेरु गाउँपालिकाको वडा नम्बर १ बयलडाँडादेखि वडा नम्बर २ चमडा सम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का भएको थियो,’ कार्यालय प्रमुख नवराज रावलले भने, ‘तर निर्माण व्यवसायीले ढिलाई गर्दा ७ किलोमिटर मात्रै कालोपत्रेको काम सम्पन्न भयो । बसाना गाड क्षेत्रमा बाँकी रहेको तीन किलोमिटर सडक कालोपत्रे यस वर्ष हामी गर्छौ ।’

उनका अनुसार बसना गाडमा पुल निर्माणका लागि पनि एक करोड बजेट छुट्याइएको छ । ‘पुल निर्माणका लागि पनि चालू आर्थिक वर्षभित्रै ठेक्का गर्छौ,’ उनले भने । यस्तै संघीय सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीले चमडा अगाडिको सडक खण्डमा कालोपत्रे गर्ने भएको छ ।

कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार चालू आर्थिक वर्षमा कुलपातेमार्फत कम्तिमा पनि ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । ‘पूर्वाधार विकास कार्यालयले गरेको कालोपत्रेकै मापदण्डअनुसार डिभिजन सडक कार्यालयले पनि कालोपत्रे गर्छ,’ उनले भने, ‘यसवर्ष १५ करोड बजेट छुट्याइएको छ । कम्तिमा पनि ३ किलोमिटर हामीले कालोपत्रे गर्छौं ।’

उग्रतारा–मेलौली राजमार्गअन्तर्गत पहिलोपटक आर्थिक वर्ष २०७४/०७५ मा अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ बयलडाँडासम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । गत वर्ष ७ किलोमिटर कालोपत्रे गरिएकोमा यस वर्ष थप ६ किलोमिटर कालोपत्रे हुने भएको हो ।

प्रतिक्रिया