Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जुम्ल्याहा छोरा जन्माएको केही समयमै बाजुराकी सुत्केरीको मृत्यु

जुम्ल्याहा छोरा जन्माएको केही समयमै बाजुराकी सुत्केरीको मृत्यु

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका ४ खातिगाउँकी २९ बर्षयी रिठु धामिको जुम्ल्याह छोरा जन्माएको केही समयमै मृत्यु भएको छ । रिठुको सेति प्रादेशिक अस्पताल धनगढीमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको आफन्त शुसिल धामिले वताएका छन् । 

रिठुको पेटमा दुइवटा बच्चा रहेको जानकारी पछि उनलाइ १ महिना पहिलानै बाजुराको गुदुखाति स्वास्थ्य चौकीले धनगढी रिफर गरेको थियो । रिठुले सेति प्रादेशिक अस्पताल शुक्रवार बिहान एउटा छोरा सामान्य जन्माएको अर्को छोरा भने अप्रेशन मार्फत जन्माएको अस्पतालले जनाएको छ । 

रिठुलाइ अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा शनिवार साँझ आईसियु कक्षमा मृत्यु भएको आफन्तले वताएका छन् । उनिवटा जन्मीएका जुम्ल्याह छोरा भने जिवित रहेका छन् । आमाको मृत्युपछि नवजात शिशु भने बिच्चलीमा परेका छन् । रिठुका यो भन्दा पहिला ४ वटा सन्तान रहेका छन् । 

आमाको मृत्यु पछि जुम्ल्याह छोरा सहित ६ जना बच्चा बिचल्लीमा रहेको नेपालि काँग्रेसका युवा नेता ताल बहादुर रावतले वताएका छन् । आमाको मृत्युपछि नवजात जुम्ल्याह छोरा कसरि बचाउने चिन्ता भएको आफन्तले वताएका छन् ।

 रिठु जस्तै बाजुरामा ४ बर्षमा १३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना, २०७९ मा ३ जना र २०८० सालमा २ जना सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु भएकि १३ मध्ये सुत्केरी ८ जनाको स्वास्थ्य संस्थामा, दुइजनाको घरमा र तिन जनाको धनगढी लैजादै गर्दा बाटामो मृत्यु भएको थियो । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्याउँदाको परिणाम भएको खड्काको भनाइ छ ।

अर्को सुत्केरी भएको बेला आराम गर्न नपाउने, पोषिलो खानेकुरा नपाउँने, कडा परिश्रम गर्नुपर्ने वाध्यताले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । 

हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जानेक्रम रोकिएको छैन । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख हुनु जस्ता कारणले हवाइ उद्धार कार्यक्रम पनि प्रभावकारी हुनसकेको छैन ।  

नेपालीको औषत आयू ६९ बर्ष छ । तर, बाजुराका बासिन्दाको आयू ५९ बर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ । जिल्लाको गरिबिकै कारणले अधिकांश बाजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाह बताउँछन् ।  

राज्यले सुरक्षित मातृत्व सुरक्षा नीति लिएको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदाको परिणाम बाजुरामा ४ वर्षको अवधीका मात्रै १३ जना सुत्केरीले ज्यान गुमाई सकेका छन् । सुरक्षा, संरक्षण, उद्दार र उपचार पद्दतीकै कमजोरीका कारण ती आमाहरुको अकालमै ज्यान गएको हो ।

प्रतिक्रिया