Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै सुदूरपश्चिम प्रदेश सरकार

घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै गएको छ। प्रदेश सरकारको राजस्व शिर्षक अन्तर्गत बाडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर वाफत आर्थिक वर्ष २०७९/८० मा ५१ करोड एक लाख ८० हजार आम्दानी भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।

यस्तो अम्दानी आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा शून्य थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्म घरजग्गा रजिष्ट्रेशनबाट आम्दानी बढाउँदै लगेको पाइएको छ। हरेक वर्ष यस्तो राजस्व बढ्दै गएको पाइएको हो।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा २९ करोड एक लाख १० हजार ८ सय १८ रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३३ करोड ९४ लाख ९१ हजार ९ सय ५८ रुपैयाँ घरजग्गा रजिष्ट्रेशनवाफत राजस्व संकलन गरेको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ मा सो शिर्षक अन्तर्गत ४० करोड ६३ लाख ४५ हजार ९ सय ७६ तथा आर्थिक वर्ष २०७९/८० मा ५१ करोड एक लाख ८० हजार प्रदेश सरकारले आम्दानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

प्रदेश सरकारले व्यवसाय रजिष्ट्रेशन दस्तुर तथा व्यवसाय करबाट आर्थिक वर्ष २०७४/७५ मा शून्य, आर्थिक वर्ष २०७५/७६ मा ३० लाख १५ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी आर्थिक वर्ष २०७६/७७ मा बढेर ९५ लाख ३८ हजार ७ सय २३ रुपैयाँ थियो भने आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा शून्य देखिएको छ।

खानी तथा खनिज रोयल्टी, वन रोयल्टी, जलविद्युत रोयल्टी तथा पर्वतारोहण रोयल्टी आर्थिक वर्ष २०७५/७६ मा मात्र संकलन भएको देखिएको छ। त्यसपछिका वर्षहरुमा भने यस्तो आम्दानी शून्य देखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण तथा संभार दस्तुर वाफत आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार तीन सय ३६ रुपैयाँ संकलन गरेको थियो। त्यसपछिका वर्षहरुमा भने यस्तो शिर्षकबाट प्रदेश सरकारलाई कुनै आम्दानी भएको छैन।

प्रतिक्रिया