Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै सुदूरपश्चिम प्रदेश सरकार

घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै गएको छ। प्रदेश सरकारको राजस्व शिर्षक अन्तर्गत बाडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर वाफत आर्थिक वर्ष २०७९/८० मा ५१ करोड एक लाख ८० हजार आम्दानी भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।

यस्तो अम्दानी आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा शून्य थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्म घरजग्गा रजिष्ट्रेशनबाट आम्दानी बढाउँदै लगेको पाइएको छ। हरेक वर्ष यस्तो राजस्व बढ्दै गएको पाइएको हो।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा २९ करोड एक लाख १० हजार ८ सय १८ रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३३ करोड ९४ लाख ९१ हजार ९ सय ५८ रुपैयाँ घरजग्गा रजिष्ट्रेशनवाफत राजस्व संकलन गरेको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ मा सो शिर्षक अन्तर्गत ४० करोड ६३ लाख ४५ हजार ९ सय ७६ तथा आर्थिक वर्ष २०७९/८० मा ५१ करोड एक लाख ८० हजार प्रदेश सरकारले आम्दानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

प्रदेश सरकारले व्यवसाय रजिष्ट्रेशन दस्तुर तथा व्यवसाय करबाट आर्थिक वर्ष २०७४/७५ मा शून्य, आर्थिक वर्ष २०७५/७६ मा ३० लाख १५ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी आर्थिक वर्ष २०७६/७७ मा बढेर ९५ लाख ३८ हजार ७ सय २३ रुपैयाँ थियो भने आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा शून्य देखिएको छ।

खानी तथा खनिज रोयल्टी, वन रोयल्टी, जलविद्युत रोयल्टी तथा पर्वतारोहण रोयल्टी आर्थिक वर्ष २०७५/७६ मा मात्र संकलन भएको देखिएको छ। त्यसपछिका वर्षहरुमा भने यस्तो आम्दानी शून्य देखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण तथा संभार दस्तुर वाफत आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार तीन सय ३६ रुपैयाँ संकलन गरेको थियो। त्यसपछिका वर्षहरुमा भने यस्तो शिर्षकबाट प्रदेश सरकारलाई कुनै आम्दानी भएको छैन।

प्रतिक्रिया