Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सवारी चालकको अदक्षताका कारण मन्त्री सिंहको सवारी दुर्घटना

सवारी चालकको अदक्षताका कारण मन्त्री सिंहको सवारी दुर्घटना

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना सवारी चालकको अदक्षताका कारण भएको पाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडि दुर्घटना भएको उल्लेख छ ।
‘सवारी चालकमा दक्षता भएन । सवारी साधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो’ समितिले आइतबार मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा भनिएको छ । 

असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार गाडि दुर्घटना भएको थियो । सो दुर्घटनामा परि मन्त्री सिंह, उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो । मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाइते छन् ।

मन्त्रीको सवारी दुर्घटनाका कारण मृत्यु भएपछि असार ७ बसेको बसेको १६१ औं बैठकले खरेलको संयोजककत्वमा छानविन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको भएपनि ढिला गरि आइतबार प्रतिवेदन पेश गरेको हो । सो प्रतिवेदनलाई मन्त्रीपरिषद बैठक बसाई पारित भएपछिमात्र सार्वजनिक गरिन जनाइएको छ ।

उच्च स्तरिय छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन् । 

मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहसहित 

प्रतिक्रिया