Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद बढ्दै

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद बढ्दै

धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागि भएपछि पार्टीभित्र विवाद बढ्दै गएको छ । पार्टीका विभिन्न पदमा रहेका नेताहरु अहिले पार्टीभित्रका नेतृत्वका कारण पदबाटै राजीनामा दिनेसम्म घोषणा गर्न लागेका हुन् ।

उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पार्टीका उपाध्यक्ष लक्ष्मण किशोर चौधरी (जोगेथ्वाअ) लाई मन्त्री नबनाइएपछि पार्टीभित्रका नेताहरुमा रहेको असन्तुष्टिहरु धमाधम देखिन थालेका छन् । 

‘पार्टीले विधि, वरियता कुनै नहेरेर सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार गरेको छ’ नेता लक्ष्मण किशोर भन्छन् –‘वरियता, पार्टीभित्रको योग्दान केही नहेरेर कसैलाई मन्त्री बनाइन्छ भने उपाध्यक्ष पद लिएर म किन बसिराख्नु । पद उपाध्यक्ष भन्ने अनि व्यवहारचै पुछारमा फ्क्याँक्ने जस्तो काम भयो ।’ उनले आफनो निर्वाचन क्षेत्र पाँच वर्ष प्रतिनिधि सभाविहिन भएको स्मरण गर्दै भने –‘पाँच वर्ष सांसद विहिन निर्वाचन क्षेत्रको समग्र विकास, त्यहाँका जनताको न्यायका लागि अहिले क्षतिपूर्तिसहित मन्त्री दिइनुपर्ने थियो । जुन ठाउँबाट पार्टीको उब्जनी भयो । त्यही ठाउँलाई पार्टीले अन्याय गरेको छ ।’

उनले पार्टीका अध्यक्ष र संरक्षकको एकल निर्णय गरिएको खुल्ला रुपमा भन्न सकेनन् । उनले भने –‘केन्द्रिय समितिको बैठक बसेको छैन् । मन्त्रीबारे कसैसंग छलफल भएको छैन । अनि कसरी केन्द्रिय समितिबाट मन्त्रीको टुङ्गो लाग्यो ।’
उन्मुक्ति भित्र टीकापुर क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिलाई मन्त्री बनाउनुपर्ने बहस थियो । उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले यो कुरालाई ध्यान नदिएको आरोप छ । 

नेता लक्ष्मणमात्र होइन पार्टीका नेता सुरेन्द्रबहादुर चौधरीले पनि मन्त्री बनाउने विषयमा विरोध गरेका थिए । उनले पार्टी विधि, प्रक्रिया, विधानले चल्नुपर्नेमा परिवार (रेशम चौधरी र रञ्जिता श्रेष्ठ)को एकल निर्णयमा चलिरहेको बताए । मन्त्री बनाउनेबारे चर्चा भइरहेको समयमा उनले व्यापारीलाई पद दिन नहुने प्रतिक्रिया दिएका थिए ।

लेखेका थिए –‘लक्ष्मण थारु जी तपाइको ल्याकट छ भने लक्ष्मण जोगेथ्वाअ जीलाई मन्त्री बनाएर देखाउनुस सबैले स्वागत गर्लान । लक्ष्मण जोगेथ्वा जी लाई मन्त्री बनाउन सक्नु हुन्न भने कैलाश चौधरी जी लाई राज्य होईन फुल मन्त्री बनाएर देखाउनुस । तेल ब्यापारीको नाम मन्त्री र कैलाश जीको नाम राज्य मन्त्रीको लागी लिखित सिफारिस भएको पनी तपाइलाई थाहा छैन भने बाँकी के कुराको हैसियत राख्नु हुन्छ ?’

पार्टी टीकापुर घटनाबाट स्थापित भएको हो । टीकापुर घटनाका राजवन्दीको रिहाइ र पहिचानसहितको थरुहट प्रदेश हुनुपर्ने भन्दै पार्टीले निर्वाचनमा आफनो बलियो क्षेत्रमा जनप्रतिनिधिहरु निर्वाचित गराउन सफल भएको छ । यद्यपी अहिले नेतृत्व तहको कमजोरीका कारण पार्टी दुर्घटनामा पर्न सक्ने नेता सुरेन्द्र बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डलमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्यहरु छन् । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित भएका हुन भने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित हुन् । राज्यमन्त्रीमा नियूक्त भएका कैलाश चौधरी कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया