ताजा अपडेट
सुदूरपश्चिममा आँखा पाक्ने समस्या विकराल, महामारीको रुप लिन सक्ने जोखिम
धनगढीः केहि दिनदेखि प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ। यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन्। आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ।
यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ। कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ। ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन। विशेषगरी सहरी क्षेत्रमा यसबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूले बताएका छन्।
एक व्यक्तिबाट अर्कोमा फैलिने यस प्रकारको संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको चिकित्सकहरुले बताएका छन्। विशेष गरी कैलाली र कञ्चनपुरमा यो संक्रमण अत्यधिक वृद्घि भइरहेको छ। नेपाल नेत्र ज्योति संघका अनुसार आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिरहेको र कुनै पनि बेला महामारीको रूप लिने जोखिम रहेको जनाएको छ।
संघका अनुसार पछिल्लो साता आँखा पाक्ने रोग संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। नेत्र ज्योति संघको गेटा आँखा अस्पताल, कैलालीको बहिरंग विभागमा आउने बिरामीमध्ये दिनहुँ ४५ देखि ५० प्रतिशतसम्म आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताइएको छ। भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग अहिले सबैतिर फैलिएको छ। संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले नियमित रूपमा साबुन पानीले हात धुनुपर्ने चिकित्सकको सुझाव छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया