Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या

जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या

अछाम :जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको     छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको हो । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने  बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय अछाममा जेठ १ गते प्रशासकीय अधिकृत मिनराज आचार्यको सरुवा भएपछि आचार्य जेठ २८ गते आफ्नो सरुवा भएको ठाउँ त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालय काठमाडौं जानुभयो । काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा जेठ २८ गते देखि असार ८ गतेसम्म कामकाज गरेर अछाम प्रशासन बाट फर्किनु भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेना असार १० गते बाट साउन १ गतेसम्म कामकाज गरेर बाजुरा फर्के पछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय साउन ३ गते देखि काजको रूपमा जिल्ला प्रशासन कार्यालयमा काम गरिरहनुभएको छ । कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये ९ जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुइजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा २ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र  २ जना  कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा  कर्मचारी काम गरिरहेका छन् । यो भन्दा पहिले कार्यरत दुई जना प्रशासकीय अधिकृत मध्ये एक दिपेश रिजालको २०७९ माघ ४ गते र मिनराज आचार्यको जेठ १ गते सरुवा भएको थियो । सरुवा पश्चात् उनिहरु सम्बन्धि कार्यालयमा गइसकेकाछन । असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत  राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत  भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा  मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । एउटा इलाका प्रशासन कार्यालय रहेको भएको बिनायकमा पनि  इलाका प्रशासन कार्यालयका कर्मचारीले जिल्ला प्रशासनमा कामकाज गर्न थालेपछि इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीले चलाइ रहेकाछन । अछाम जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानको तिन महीना नपुग्दै गृहमन्त्रालय सरुवा भएको छ । अछाममा प्रजिअका रुपमा मोरङका सहायक प्रजिअ शरद कुमार पोखरेलको सरुवा भएको छ ।

प्रतिक्रिया