Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या

जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या

अछाम :जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको     छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको हो । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने  बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय अछाममा जेठ १ गते प्रशासकीय अधिकृत मिनराज आचार्यको सरुवा भएपछि आचार्य जेठ २८ गते आफ्नो सरुवा भएको ठाउँ त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालय काठमाडौं जानुभयो । काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा जेठ २८ गते देखि असार ८ गतेसम्म कामकाज गरेर अछाम प्रशासन बाट फर्किनु भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेना असार १० गते बाट साउन १ गतेसम्म कामकाज गरेर बाजुरा फर्के पछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय साउन ३ गते देखि काजको रूपमा जिल्ला प्रशासन कार्यालयमा काम गरिरहनुभएको छ । कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये ९ जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुइजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा २ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र  २ जना  कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा  कर्मचारी काम गरिरहेका छन् । यो भन्दा पहिले कार्यरत दुई जना प्रशासकीय अधिकृत मध्ये एक दिपेश रिजालको २०७९ माघ ४ गते र मिनराज आचार्यको जेठ १ गते सरुवा भएको थियो । सरुवा पश्चात् उनिहरु सम्बन्धि कार्यालयमा गइसकेकाछन । असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत  राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत  भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा  मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । एउटा इलाका प्रशासन कार्यालय रहेको भएको बिनायकमा पनि  इलाका प्रशासन कार्यालयका कर्मचारीले जिल्ला प्रशासनमा कामकाज गर्न थालेपछि इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीले चलाइ रहेकाछन । अछाम जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानको तिन महीना नपुग्दै गृहमन्त्रालय सरुवा भएको छ । अछाममा प्रजिअका रुपमा मोरङका सहायक प्रजिअ शरद कुमार पोखरेलको सरुवा भएको छ ।

प्रतिक्रिया