Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीबाट ७ तोला सुन र दार्चुलाबाट ६ किलो चरेशसहित दुई जना पक्राउ

बैतडीबाट ७ तोला सुन र दार्चुलाबाट ६ किलो चरेशसहित दुई जना पक्राउ

धनगढीः बैतडीबाट ७ तोला सुन बरामद गरिएको छ। जिल्लाको पाटन नगरपालिका–८ मा पर्ने खोडपबाट सुन बरामद गरिएको हो। काठमाण्डौबाट दार्चुला गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १३०१ नम्बरको बसले छाडेको केहि सामाग्रीमा सुन भेटिएको प्रहरीले जनाएको छ।

खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले बताएको हो। सो सामान पाटन नगरपालिका–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी भन्दै पठाएको खुलेको छ। बरामद गरिएको सुन इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।

त्यस्तै दार्चुलाबाट ६ किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट ६ किलो एक सय ग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महाकाली नगरपालिका–४ खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा सोमवार बिहान पक्राउ गरेको हो। 
 

प्रतिक्रिया