Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस अछामको “विशेष आन्तरिक अभियान“ मंगलसैन बाट सुरू

कांग्रेस अछामको “विशेष आन्तरिक अभियान“ मंगलसैन बाट सुरू

 

 

अछाम : पार्टीको आन्तरिक सांगठनिक मजबुद बनाउन नेपाली कांग्रेसले देशैभर “विशेष आन्तरिक अभियान“ सुरु गरेको छ । पार्टीको संगठन बलियो बनाई क्रियाशिल र चलायमान बनाउन कांग्रेस केन्द्रीय समितीको बेठकले गरेको निर्णय बमोजिम देशभर एकसाथ अभियान सुरु गरेको हो ।

“विशेष आन्तरिक अभियान“ २०–३० श्रावण, २०८० नाम दिएको सो अभियान अन्तर्गत नेपाली कांग्रेस अछामले सोमबार जिल्ला सदरमुकाकम मंगलसैनमा अन्तरक्रिया गरेको छ ।

अछाममा अभियान साउन २२ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, वडा र टोलटोलमा बिभिन्न कार्यक्रम हुनेछन् ।

जिल्ला स्थित सम्पुर्ण नेता तथा कार्यकर्ताकाे सहभागीमा घनीभूत छलफल तथा अन्तरक्रिया भएको हाे ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस कार्यकर्ताले पार्टी भित्र भइरहेको आन्तरिक गुटबन्दीको अन्त्य हुनुपर्ने , पार्टी बाट निर्वाचित जनप्रतिनिधिको पार्टी संग समन्वय सहकार्य संगै आम कार्यकर्ता संगको दुरि नजिक हुनुपर्ने बताएका थिए ।

पार्टीको सुदृढीकरणका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अभियानको समयमा जिल्ला स्तरमा जिल्ला समिति क्षेत्रीय समिति, प्रदेश समिति, पालिका तथा वडा समितिहरुले गर्ने कार्यहरुको बारेमा छलफल समेत भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधी सुशिला भट्ट मिश्र प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने बताउनुभयो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश महामन्त्री अम्बिका चलाउने विशिष्ट अतिथि रहनु भएको थियो ।

जिल्ला कार्यसमिति कार्यवाहक सभापति नयाँराम बजगाइँकाे अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य ,महाधिबेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य पार्टीका क्षेत्रीय सभापती एवं प्रदेश समितिका पदाधिकारी, भातृ संघ संगठनका प्रतिनिधि सहित पार्टीका अन्य नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

पार्टी सचिव प्रकाश साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सहसचिव दिनेश स्वारले गर्नुभएको थियो ।

आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने केन्द्रिय सदस्य संग्रौलाले जानकारी दिइन् । कांग्रेसले यो वर्ष देशभर ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने निति लिएको छ ।

 

प्रतिक्रिया