Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रामारोशन गाउँपालिकामा करार कर्मचारीहरु आन्दोलित

अछाम । खाइपाइ आएको पारिश्रमिक घटाएको भन्दै अछामको रामारोशन गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छ । उनीहरुले गाउँकार्यपालिका कार्यालय, वडा कार्यालय, आकस्मिक बाहेकका स्वास्थ्य संस्थामा तोकिएको काम नगरेर अवरोध गरेका हुन् ।  महंगी बढेको बेला

१८ वर्षदेखि लगातार काम गरिरहेका करार कर्मचारिलाई समेत मर्का पर्नेगरी भएको निर्णय फिर्ताको माग समेत गरेका छन् । गाउँ कार्यपालिकाको बैठकले खाइपाइ आएको तलबमा व्यापक कटौती गरेको भन्दै करारका कर्मचारी आन्दोलित भएको बताएका छन् ।

तलब बढाउनुको सट्टा खाइपाइ आएको घटाएको भन्दै करार कर्मचारीले चरणबद्ध आन्दोलन गर्ने बताएका छन । मागहरु पुरा नभएको खण्डमा थप सशक्त आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने चेतावनि दिईएको छ ।

कार्यरत करार कर्मचारीहरुको खाईपाई आएको तलब घटाउने निर्णय तत्काल रद्व गर्नुपर्ने, कर्मचारीलाई नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा आवद्व गराउनुपर्ने, कर्मचारीहरुको का.स.मु अनुसार तलव बृद्धी हुनुपर्ने, श्रमजिवी कर्मचारीहरुमाथी गरिने विभेद अन्त्य गरिनुपर्ने लगायतका मागहरु सहित नाराबाजी सहित आज गाउँपालिकाको कार्यालय घेराउ समेत गरेका छन् ।

करार कर्मचारिहरुको तलव घटाउने निर्णय प्रति जनप्रतिनिधहरुलाई तलव नघटाउन आग्रह गर्दा पनि हाल सम्म गाउँपालिका अध्यक्ष कार्यालयमा नआएको र गाउँपालिका उपाध्यक्षलाई विज्ञप्ती मार्फत आग्रह गर्दा पनि जनप्रतिनिधीहरुले आफुहरुका माग प्रति गम्भिर नभएको कर्मचारिहरुको आरोप छ ।

यता कार्यपालिकाको बैठक बाट पारिश्रमिक घटाएर नयाँ तलवमान कायम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको भनाइ छ । “करार कर्मचारीको तलब २०÷२५ प्रतिशत घटाउने निर्णय भएको छ ।” भण्डारीले थप्नुभयो “कर्मचारीको माग सम्बोधनका लागि आवश्यक छलफल गछौं ।” रामारोशन गाउँपालिकामा एकसय भन्दा बढी करार कर्मचारी रहेको बताइएको छ ।

कार्यालय सहयोगीको १६ हजार पाँचसय, खरिदार र प्रावि शिक्षकको २१ हजार, पाँचौ तह र निमावि तहको २२ हजार र अधिकृतस्तरको २८ हजार कायम गर्ने निर्णय भएको बताइएको छ । पारिश्रमिक घटेपनि शिक्षकहरुले नियुक्ति बुझेर काममा फर्किसकेको बताइएको छ ।

प्रतिक्रिया