Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलारीका ढाई सय घरपरिवार विस्थापित

कैलारीका ढाई सय घरपरिवार विस्थापित

कैलालीको कैलारी गाउँपालिकाका झण्डै ढाई सय घरमा पानि पसेको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारीका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानि पसेको हो ।

कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका वस्तीमा पानि पसि दुई सय ५० घरपरिवार विस्थापित भएका छन् । डुवान भएका वस्तीका घरधुरी अहिले विद्यालयमा बसीरहेको उनको भनाई छ ।

पछिल्लो २४ घण्टामा धनगढी एयरपोर्टमा शून्य दशमलब २ मिलिलिटर वर्षा भएको छ भने टीकापुरमा एक सय सात मिलिलिटर वर्षा भएको छ । कैलालीको कार्णाली नदीको वहाव बढ्दै गएको छ भने अन्य सहायक नदी तथा मोहना नदीको बहाव स्थिर रहेको छ । कर्णाली नदीको बहाव अहिले सात दशमलब ८६ मिटर पुगेको छ । सो नदीको बहाव १० मिटर पुगेमा सर्तकता तह र १० दशमलब आठ मिटर पुगेमा खतरा तह पार मानिने छ । विहान आठ बजेसम्म बर्दिया, सुर्खेत, रौतहट, मकवानपुर, ललितपुर लगायतमा भारी वर्षाका साथै नदी सतह बढेर खतरा तह पार गरेको छ ।

कैलालीका सहायक नदी स्थिर भएपनि मंगलबार पनि कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । 
नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

‘हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया