ताजा अपडेट
बुढीतोला–खानीडाँडा क्षेत्रको पहिरो हटाउने कार्य तिब्र
सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकामा बिभिन्न स्थानमा गएको पहिरो खोल्ने क्रम तिब्र पारिएको छ ।
बिहानैदेखि अबरोध हटाउन लागेका छन् । यद्दपि सडक भासिएका कारण तत्काल यातायात सुचारु हुने संभावना छैन । पहिरो आउने क्रम जारी रहेका कारण अबरोध हटाउने कठिनाई भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले पहिरो हटाएर यातायात सुचारु गर्न कार्य तिब्र पारिएपनि सडक नै भासिएका कारण तत्काल यातायात सुचारु गर्न कठिनाई भएको बताए ।
कैलालीको बुढीतोला, खानीडाँडामा सडक भासिनुका साथै बिभिन्न ठाँउमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा अबरुद्ध भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया