ताजा अपडेट
खप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा
बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिका २ पिपलगाउँका दुई घर पहिराले पूणर् रुपमा विस्थापित भएका छन । गत शनिबार राति परेको अबिरल बर्षाले घरको माथिबाट आएको पहिरोले दुवै घर चपेटामा परेका छन ।
अहिले उनिहरुका घरहरु बस्ने अवस्थाका समेत नभएको प्रहरी चौकी काँडाले जनाएको छ । त्यस्तै पहिराले गाउँका अन्य दर्जनौबढि घर उच्च जोखिममा परेका बताइएकाे छ ।
त्यसै गरि तिखाडाका स्थानिय गणेश सिहंको तिन तले घर र पिपलगाउँका बिरे कुवँरको २ तले घर पनि पूणर् रुपमा क्षेति गरेको प्रहरीको भनाई छ । अहिले उनीहरु दुवै परिवार भैसी बाध्ने छानोमा बसिरहेका स्थानियहरुले बताएका छन । अबिरल बर्षाका कारण जताततै आएको पहिरोले पुरै गाउँ नै पहिरोको चपेटामा परेको वडा अध्यक्ष भक्त बहादुर बुढाले बताएका छन ।
पिपलगाउँका दुई घर विस्थापित हुनुका साथै गाउँ वरिपरि अहिलेसम्म पनि पहिरो बगिरहेकाले गाउँ नै पहरोको चपेटामा परेकोे वडा अध्यक्ष बुढाले बताए ।
विस्थापित भएका दुवै परिवार अहिले छानोमा बसिरहेका र तत्काल व्यवस्थापनका लागि पहल भइरहेको वडा अध्यक्ष बताए । त्यस्तै पिपल गाउँमा रहेको एउटा झुलङं्गे पुलमा समेत पहिरोले बगाएकाले आवतजावतमा समस्या भएको उनले बताएका छन
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया