Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कैलालीमा भीमदत्त राजमार्ग सञ्चालनमा आएन,

कैलालीमा भीमदत्त राजमार्ग सञ्चालनमा आएन,

धनगढीः कैलालीको चुरे पहाडमा भासिएको भीमदत्त राजमार्ग आज मर्मतको काम सकिएन। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा मर्मतको काम नसकिएको हो। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार सडक भासिएको ठाउँसम्म डोजर पुगेको छैन। भासिएको ठाउँ भन्दा अत्तरिया तिर पनि पहिरोहरु भएकाले सडक मर्मतमा समय लागेको हो। मंगलवार साँझ फेरि वर्षा सुरु भएको छ। वर्षाका कारण पहिरो हठाउने काम रोकिएको छ। 

सोमवार रातिको अविरल वर्षापछि पहिरोसँगै भासिएको भीमदत्त राजमार्ग सुचारु गर्न तीन वटा डोजरले काम गर्दै छन्। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलवारबाट तराई र पहाडको यातायात अवरुद्ध भएको छ। यात्रुहरु पैदल हिडर यातायातका साधान भएको ठाउँसम्म जाने गरेका छन्। बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था छैन्। बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो।

पहिरोले अवरुद्ध सडक खोल्न मंगलवार बिहानबाटै सडक डिभिजनको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनका उपकरण तथा प्राविधिकहरु खटिएका छन्। तर, वर्षाका कारण सडक खोल्ने काममा बाधा आइरहेको छ ।

बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ। जमिनमुनी पनि पानीको अत्यधिक मात्रा रहेको हुनाले एकतर्फी यातायात चल्न सक्ने गरी सडक मर्मत गर्न समेत कठीन हुँदैछ। पहिरोका कारण जमिनमुनी ठूला ढुंगा र रुख रहेकाले पनि समस्या भइरहेको हो। 

बुधवारसम्म एकतर्फी यातायात सञ्चालन हुने दाबी गरिएको छ। तर, मंगलवार साँझ वर्ष सुरु भएकाले अझै समस्या हुने देखिएको छ। यातायात सुचारु गर्न समय लाग्ने देखिएमा वैकल्पिक पदमार्गको प्रयोग गरेर यात्रुलाई पैदल हिड्दै यातायात भएको ठाउँसम्म ल्याउने र गन्तव्यमा पुर्याउने काम हुँदैछ।

प्रतिक्रिया