ताजा अपडेट
मुख्यमन्त्री शाहद्धारा अवरुद्ध सडकको अवलोकन
सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरुले मंगलवार अवरुद्ध भीमदत्त राजमार्ग र गोदावरी धामको अवलोकन गरेका छन् ।
विकास मन्त्री प्रकाश देउवा र आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले मंगलवार साँझ अवरुद्ध सडक खुलाउन भईरहेको प्रयास र पहिरोबाट भएको क्षतिका बारेमा जानकारी लिए ।
भौतिक पूर्बाधार विकास मन्त्री देउवाले भीमदत्त राजमार्गको बुढीतोला क्षेत्रमा सोचेभन्दा ठूलो पहिरो गएको र कतिपय ठाँउमा सडक नै भासिएकोले यातायात सुचारु गर्न दुई दिनजति लाग्ने बताए ।
पहिरो पञ्छाउन आवश्यक स्रोत साधन र जनशक्ति परिचालन गरेका छौ । तर निरन्तर रुपमा पहिरो गईरहेकोले अवरोध हटाउन समस्या भएको छ, मन्त्री देउवाले भने, दुबैतिरबाट पहिरो हटाउने प्रयास जारी छ । चाँडोमा बुधवार साँझसम्म र ढिलोमा बिहीवारसम्म यातायात सुचारु हुने अनुमान गरेका छौ ।
बुढीतोलामा पहाड नै खस्किएर सडक भासिएको छ । सडकका बिभिन्न भागमा चिरा परेका छन् । बुढीतोलामा भासिएको सडकमा तत्काल यातायात सुचारु गर्न सक्ने अवस्था नै छैन । किनकी अविरल वर्षाका कारण पहिरो जाने क्रम रोकिएको छैन ।
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूर पश्चिमका सातवटा पहाडी जिल्लासंग तराईको यातायात सम्पर्क टुटेको छ । भीमदत्त राजमार्गका बिभिन्न स्थानमा सयौ सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
बिरामीहरु सबैभन्दा बढि मर्कामा परेका छन् । सयौं ज्येष्ठ नागरिक, बालबालिका र बिरामीहरुलाई सुरक्षाकर्मीहरुले बोकेर उद्दार गरेका छन् ।
यसअघि एक दशकअघि खानीडाँडा क्षेत्रमा यसैगरी सडक भासिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया