Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जुम्लामा ७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

जुम्लामा  ७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

जुम्ला – जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो ।

नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।

अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने कच्ची गोठसमेत जलाएको प्रहरीले आज भएको पत्रकार भेटघाटमा जानकारी दिएको छ ।

रत्नबहादुरले आफू गरिब भएकाले कसैले पनि ऋण नदिएको, उधारो पनि नपत्याउने भएकाले यस्ता कार्य गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाली सेनामा केही समय जागिर खाएर छोडेका थिए । प्रहरीले उनलाई साउन ६ गते पक्राउ गरेकाे थियाे ।

प्रतिक्रिया