Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वरमा एक किशोरीको मृत्यु

सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वरमा एक किशोरीको मृत्यु

बैतडी : बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो’ । 
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् । 
महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका छन् ।

प्रतिक्रिया