ताजा अपडेट
बाढीबाट कैलालीमा हजार बढी परिवार प्रभावित
धनगढी । कैलालीमा बाढीबाट १ हजार १२ परिवार प्रभावित भएका छन् । विभिन्न नदीमा आएको बाढीले डुबान भएपछि उनीहरु प्रभावित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका २४३ , कैलारी गाउँपालिकामा १५५, जोशीपुर गाउँपालिकामा १८०,टिकापुर नगरपालिकामा १६१,जानकी गाउँपालिकामा २५०,गोदावरी नगरपालिकामा ७ र धनगढी उपमहानरपालिमा १६ परिवार बिस्थापित भएका हुन ।
भजनी नगरपालिकामा स्थानीयका घरमा बाढी पसेपछि जनप्रतिनिधिसहितको टोली उद्धारमा खटिएको थियो । प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, नगरप्रमुख केवल चौधरीसमेत विपतमा परेका भजनीबासीको उद्धार र उनीहरुको सामान सुरक्षित स्थानसम्म सार्ने कार्यमा खटिएका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया