Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरपश्चिममा २२ पुरुषमाथि यौन हिंसा

सुदूरपश्चिममा २२ पुरुषमाथि यौन हिंसा

सुदूरपश्चिम प्रदेशभित्र २२ जना पुरुष यौन हिंसाको शिकार भएको पाइएको छ। लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) का अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी २२ जना पुरुष यौन दुर्व्यवहार तथा हिंसा पीडित भएका हुन्।

हाल सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा भने समस्या भइरहेको बताइएको छ। ओसीएमसीबाट मुख्यतः स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा र आवश्यकताका आधारमा पुनःस्थापना गरिन्छ।

अन्य सेवाका लागि सहज भए पनि ओसीएमसी कार्यक्रम सञ्चालन गर्न आफ्नै पुनः स्थापना केन्द्र नहुँदा समस्या भइरहेको अस्पतालहरुले बताएका छन्। यौन हिंसा, यौन दुर्व्यवहारमा परेर घरपरिवारबाट पीडित भई ओसीएमसीमा आइपुगेका कतिपय मामिलालाई घरमै पुनःस्थापना गर्ने अवस्था हुँदैन। परिवारबाटै पीडित भएर आएकाहरूलाई पुनःस्थापना गर्न कठिन हुने गरेको छ।

प्रसूति गृह अन्तर्गतको ओसीएमसी सेवा केन्द्रका प्रमुख सुकुमाया तामाङले बेलाबेला यस्ता समस्या हुने गरेको बताएकी छन्। विगतको तुलनामा पीडित दर बढ्दै गएको छ। प्रदेशमा एकीकृत सेवा सुविधासहितको दीर्घकालीन आवास गृह निर्माणको आवश्यकता भएको उनले बताइन्। अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र २०६८/६९ देखि लागु गरिएको हो।

ओसीएमसीमा आउने सेवाग्राहीलाई सबैभन्दा पहिला स्वास्थ्यलाई नै प्राथमिकता दिएर हेरिन्छ। त्यसपछि कानुनी उपचार लगायतका कुरा अगाडि बढाइने गरिएको छ। ओसीएमसीबाट स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा दिइने गरिएको छ। सरकारले ओसीएमसीका लागि छुट्टै कर्मचारीको व्यवस्थापन गरेको छ।

यस्तै जिल्लामा अस्पतालको ओसीएमसीमा सेवा लिन आउनेलाई रिफरल गर्नुपरेको खण्डमा संघीय अस्पतालमा रिफरल गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ओसीएमसी सेवा सञ्चालन गरिएकोमा आर्थिक वर्ष २०७९÷८० मा २२ पुरुष र ६१० महिला गरी ६३२ जनाले सेवा लिएको पाइएको छ।

यौन हिंसा र दुर्व्यवहारमा महिला मात्रै नभएर पुरुष पनि पीडित भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाएको छ। सुदूरपश्चिम प्रदेशमा २२ जना पुरुष यौन दुर्व्यवहार तथा हिंसा पीडित भएको पाइएको हो। ओसीएमसी अन्तर्गत हाडनाता करणी, साना बालिकामाथि यौन दुर्व्यवहार, विभिन्न किसिमका लैङ्गिक हिंसा झेलेका महिला तथा बालबालिकाहरूलाई सेवा प्रदान गरिन्छ।

प्रतिक्रिया