Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा २२ पुरुषमाथि यौन हिंसा

सुदूरपश्चिममा २२ पुरुषमाथि यौन हिंसा

सुदूरपश्चिम प्रदेशभित्र २२ जना पुरुष यौन हिंसाको शिकार भएको पाइएको छ। लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) का अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी २२ जना पुरुष यौन दुर्व्यवहार तथा हिंसा पीडित भएका हुन्।

हाल सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा भने समस्या भइरहेको बताइएको छ। ओसीएमसीबाट मुख्यतः स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा र आवश्यकताका आधारमा पुनःस्थापना गरिन्छ।

अन्य सेवाका लागि सहज भए पनि ओसीएमसी कार्यक्रम सञ्चालन गर्न आफ्नै पुनः स्थापना केन्द्र नहुँदा समस्या भइरहेको अस्पतालहरुले बताएका छन्। यौन हिंसा, यौन दुर्व्यवहारमा परेर घरपरिवारबाट पीडित भई ओसीएमसीमा आइपुगेका कतिपय मामिलालाई घरमै पुनःस्थापना गर्ने अवस्था हुँदैन। परिवारबाटै पीडित भएर आएकाहरूलाई पुनःस्थापना गर्न कठिन हुने गरेको छ।

प्रसूति गृह अन्तर्गतको ओसीएमसी सेवा केन्द्रका प्रमुख सुकुमाया तामाङले बेलाबेला यस्ता समस्या हुने गरेको बताएकी छन्। विगतको तुलनामा पीडित दर बढ्दै गएको छ। प्रदेशमा एकीकृत सेवा सुविधासहितको दीर्घकालीन आवास गृह निर्माणको आवश्यकता भएको उनले बताइन्। अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र २०६८/६९ देखि लागु गरिएको हो।

ओसीएमसीमा आउने सेवाग्राहीलाई सबैभन्दा पहिला स्वास्थ्यलाई नै प्राथमिकता दिएर हेरिन्छ। त्यसपछि कानुनी उपचार लगायतका कुरा अगाडि बढाइने गरिएको छ। ओसीएमसीबाट स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा दिइने गरिएको छ। सरकारले ओसीएमसीका लागि छुट्टै कर्मचारीको व्यवस्थापन गरेको छ।

यस्तै जिल्लामा अस्पतालको ओसीएमसीमा सेवा लिन आउनेलाई रिफरल गर्नुपरेको खण्डमा संघीय अस्पतालमा रिफरल गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ओसीएमसी सेवा सञ्चालन गरिएकोमा आर्थिक वर्ष २०७९÷८० मा २२ पुरुष र ६१० महिला गरी ६३२ जनाले सेवा लिएको पाइएको छ।

यौन हिंसा र दुर्व्यवहारमा महिला मात्रै नभएर पुरुष पनि पीडित भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाएको छ। सुदूरपश्चिम प्रदेशमा २२ जना पुरुष यौन दुर्व्यवहार तथा हिंसा पीडित भएको पाइएको हो। ओसीएमसी अन्तर्गत हाडनाता करणी, साना बालिकामाथि यौन दुर्व्यवहार, विभिन्न किसिमका लैङ्गिक हिंसा झेलेका महिला तथा बालबालिकाहरूलाई सेवा प्रदान गरिन्छ।

प्रतिक्रिया