Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूर पहाडको लाइफलाइन सञ्चालन अनिश्चित

सुदूर पहाडको लाइफलाइन सञ्चालन अनिश्चित

सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग दोस्रो दिन बुधबार पनि सुचारु हुन सकेन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन मानिन्छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका ४ बुढीतोलास्थित बुढीतोला – खानीडाँडा खण्डमा करिब दुुई सय मिटर सडक भासिएको छ । माथिबाट पहिरो खसेको र सडकको सतह भासिएकाले सडक मर्मत कार्य कठिन भइरहेको प्रदेश ट्राफिक कार्यालय धनगढीले जनाएको छ ।

मंगलबार बिहानैदेखि डोजर परिचालन गरिएको भए पनि क्षतिग्रस्त सडक मर्मत सुधार गर्न सकिएको छैन । ‘बुधबार बिहानैदेखि पाँचवटा डोजर परिचालन गरेर मर्मतको प्रयास भइरहेको छ । तर मंगलबार राति भारी वर्षा भएकाले मर्मत कार्य उपलब्धिमूलक हुन सकेको छैन,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीले भने ‘बुधबार राति पनि पानी पर्‍यो भने बिहीबार पनि वैकल्पिक मार्ग खोल्न सकिने निश्चित छैन ।’

सडक अवरुद्ध भएकाले पहाडी जिल्लाबाट आएका यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ । तराईबाट सुदूरपश्चिमका पहाडी जिल्लाका लागि छुट्ने कुुनै पनि सवारी तथा ढुवानीका साधनहरु ठप्प छन् । तीनपांग्रे अटो लगायतले बुढीतोलासम्म यात्रीहरुलाई ओहोरदोहोर गराइरहेका छन् । मंगलबार एम्बुलेन्सका बिरामी, वृद्धावृद्धा र बालबालिकाहरुलाई सुरक्षाकर्मीले ओहोरदोहोर गराएका थिए ।

बुुढीतोलामा राजमार्ग क्षतिग्रस्त हुनेगरी गएको पहिरोले कैलालीको गोदावरी नगरपालिका ४ बुढितोलाको भावरटोलका ९ परिवार पनि विस्थापित भएका छन् ।

प्रतिक्रिया