Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

धनगढी ।  नेपाली कांग्रेसका जिल्ला उपसभापति भिम वडुवालले कैलाली क्षेत्र नम्बर ४ का नेताद्वय लोकराजपाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई गरिएको कारवाही विधिसम्मत नभएको बताएका छन । कांग्रेस कैलालीको लेटरप्याडमा सूचना जारी गर्दै वडुवालले नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नारायण दत्त भट्टद्वारा श्रावण २२ गते दुवै नेतालाई कारवाही गरिएको पत्र विधिसम्मत नभएको बताएका हुन ।

यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो । त्यसको प्रतिवाद गर्दै उपसभापति बडुवालले कारवाही विधिसम्मत नरहेको जानकारी गराएका हुन ।

‘पार्टीभित्र एउटा पद्धति हुन्छ, पार्टी विधानमा अनुशासन समिति समेत रहेको हुन्छ । त्यो अनुशासन समितिमा सामान्य जानकारी समेत नगराइकन सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइदैन’ उपसभापति वडुवालद्धारा जारी सूचनामा भनिएको छ ‘पार्टी विधानको वर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारवाही किन नगर्ने भन्ने प्रश्न उब्जीएको छ ।’

उपसभापति वडुवालले दशरथचन्द मेडिकल विश्व विद्यालय निर्माण अभियानको महिनौदेखि नेतृत्व गर्दै आन्दोलनरत रहेकाहरुलाई सम्मान गर्नुको सट्टा निलम्बन गर्ने पत्राचार गर्दा सिंगो कांग्रेसीजन र सुपबासीको समेत अपमान भएको उल्लेख छ ।

‘यो कठिन समयमा कुनै एक व्यक्तिले प्रतिसोध साधेर निर्णय गन्यो भन्दैमा स्वाभिमानी र इमान्दार कांग्रेसी साथीहरुले एकरत्ती पनि विचलित नभई पार्टी र जनताका पक्षमा इमान्दारीका साथ समर्पित भइरहन अनुरोध गर्दछु’ उपसभापति बडुवालद्धारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया